
धुलिखेल, असार ३२ — धुलिखेल नगरपालिकाले आजदेखि लागू हुने गरी करसम्बन्धी केही महत्वपूर्ण निर्णयहरू कार्यान्वयनमा ल्याएको छ।


कार्यवाहक नगर प्रमुख निराजन जंगमका अनुसार अब घरभाडा कर १० प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरिएको छ।
बिज्ञापन


यस्तै, घरले चर्चेको क्षेत्रफलमा एकीकृत सम्पत्ति कर यथावत रहने तथा खाली जग्गामा लाग्ने भूमिकर ५० प्रतिशतसम्म घटाउने निर्णय गरिएको छ।


यसैगरी, होटल व्यवसाय नवीकरण कर पूर्ण रूपमा हटाइएको कार्यवाहक नगर प्रमुख जंगमले जानकारी दिनुभयो।
नगरपालिकाले यी निर्णयबाट स्थानीय नागरिक तथा व्यवसायीलाई राहत पुग्नुका साथै आर्थिक गतिविधि थप चलायमान हुने विश्वास व्यक्त गरेको छ।

