काभ्रेपलान्चोक – गीतकार निर कमल खड्का(ममल) द्वारा रचित गीत ‘कहाँ राखु प्रिय’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायिका अस्मिता अधिकारीको स्वर रहेको गीतको भिडियो बालुवाटारस्थित टाईम्स स्कव्वाएरमा एक समारोहका विच सार्वजनिक गरिएको हो ।
लोकप्रिय वरिष्ठ अभिनेता राजाराम पौडेलको हातबाट गरिएको गीतको भिडियो सार्वजनिक समारोहमा गीत संग सम्बन्धित कलाकार तथा प्राविधिक टिमलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा अभिनेता पौडेल लगायत अतिथीहरुले भिडियो निकै उत्कृष्ट बनेको र विदेशमा वस्ने नेपालीहरुको नेपाली गीत संगीत प्रतिको लगावका कारण आज नेपाली सांगीतिक क्षेत्र यहां सम्म आईपुगेको कुरा बताउनु भयो । यसै गरि भिडियो निर्माणका विषयमा भएका गतिविधि र निर्माणका क्रममा भएका अनुभव वताउदै निर्देशक ढकालले आफुले शव्द र गीत अनुसारको भिडियो निर्माणमा करिब २ महिनाको तयारी गरेकाले सोचेको जस्ता परिणाम पाएको कुरा बताउनुभयो ।

प्रमोद निर्वाणको एरेन्ज तथा संगीत रहेको गीत ललितपुरको गोदावरी गार्डेनमा छायांकन गरिएको थियो। गोदावरीका आकर्षक हरियाली र मनमोहक दृश्यहरु कैद गरिएको भिडियोलाई छायांकार ओम प्रसाईले छायाँकन गरेका थिए भने दिनसन शाहको सम्पादन तथा कलरिगं रहेको थियो ।

लोकप्रिय कलाकार तथा निर्देशक गोपाल ढकाल छन्देको निर्देशनमा तयार भिडियोलाई नृत्य निर्देशक सन्दिप भुजेलले कोरियोग्राफी गरेका थिए भने कलाकारहरुमा मोडल सोनितराज ढुंगेल, मोडल डा.सलिना भित्रकोटी र अनिल नगरकोटी रहेका छन । पछिल्लो पटक म्यूजिक भिडियो निर्देशनमा समेत व्यस्त ‘छन्दे’ हांस्य कलाकारको रुपमा चर्चित छन ।

अभि श्रेष्ठ प्रडक्सन म्यानेजर रहेको टिममा सौन्दर्यविद मनिषा जिसी तथा सृष्टि थापा मगरको श्रृंगार तथा ड्रेस डिजाईनर सुमित रजक रहेका थिए । बैजु खड्काको प्रस्तुती रहेको भिडियोको निर्मातामा यमु कार्की खड्का हुनुहुन्छ भने पेजेन्ट नेपालको निर्माण रहेको हो ।

उत्कृष्ट गीत रचना गर्दै आईरहेका गीतकार निर कमलका यस अघि केहि गीतहरु लोकप्रिय रहेका छन । बेल्जियममा रहेर पनि नेपाली गीत संगीतमा झुकाव राख्दै निरन्तर लागि पर्दै आएका निर कमल झण्डै दुई दशक भन्दा लामो समयदेखि गीत संगीतमा सक्रिय रहदै आईरहेका छन । गीत श्रृजनमा साथ दिदै आएका गायक उमेश परियार तथा निशान श्रेष्ठलेले भिडियो निर्माणमा सहयोगी भूमिका खेलेका थिए ।  https://youtube.com/watch?v=387S-uEugIw&feature=share

तपाईको प्रतिक्रिया

विगत देखि वर्तमानसम्म|मल अभाव देखि,खेतबारीमा तरकारी फालेको कुरा सम्म|केके छ पर्दर्शनीमा कृषकको कुरा.