विगत पाँच वर्ष देखी नेपालमा बोलीने विभिन्न भाषा भाषीसहितलाई समेटेर बृहत् रुपमा निम अवार्डको आयोजना हुदै आईरहेको छ । नेपालको पहिलो समावेशी म्युजिक अवार्डको रुपमा आफ्नो वेग्लै प्रस्तुती र भुमिका गीत संगीत र कला एवं संस्कृतिको प्रवद्र्धन गर्दै निम अवार्डले कलाकारिता क्षेत्र मात्रै नभएर विभिन्न क्षेत्रमा सिद्धहस्त व्यक्तित्वहरुलाई उनिहरुको कार्यको सम्मान स्वरुप सम्मान एवं पुरस्कृत गर्दै आईरहेको छ ।
कार्यक्रममा नेपाल टेलिकम, एभरेष्ट वियर, गोकर्णेश्वर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, घोडाघोडी नगरपालिका, काठमाण्डौ महानगरपालिका, गरिमा विकास बैंक, होटल आर्ट, व्ल्याक पर्ल, डेल्फिक काउन्सिल, ओम समाज डेन्टल अस्पताल, साउथवेष्र्टन कलेज, एस.आई गु्रप, एस.एम्ं.एस.सेक्यूरिटिज प्रा.लि., कुमारी बैंक, प्लान ईन्टरनेशनल एजुकेशन, शोभा कलेक्सन लगाएतका व्यवसायिक संस्थाहरुले कार्यक्रमलाई सघाएका छन् । स्मार्ट प्यालेस चावहिलमा सम्पन्न हुन गेरहेको उक्त समारोहमा कुल ५१ विधामा अवार्ड प्रदान गरिनेछ ।