

बनेपा — बनेपा नगरपालिका–३ दोबाटोमा केही समयअघि टिफरको ठक्करबाट स्कुटरमा सवार धुलिखेल–८ का इन्जिनियर ओमन प्रधानको मृत्यु भएपछि उनका परिवारले बीमा दाबी बापत ठूलो रकम प्राप्त गर्ने भएका छन्।

मृतक प्रधान Citizen Life Insurance का बीमित रहेका थिए। उनले उक्त कम्पनीमा नगद रु ८ लाख ५० हजार बराबरको जीवन बीमा गरेका थिए।


कम्पनीको बीमा सुविधाअनुसार दुर्घटनाबाट मृत्यु भएका कारण उनका परिवारले दुर्घटना मृत्यु लाभ अन्तर्गत रु ८ लाख ५० हजार र बीमाङ्क रकम रु ८ लाख ५० हजार गरी जम्मा रु १७ लाख प्राप्त गर्नेछन्। यसबाहेक बीमा अवधिसम्म संचित भएको बोनस रकम पनि थपिने जनाइएको छ।
Citizen Life Insurance बनेपा शाखाका एजेन्सी म्यानेजर अशोक बुद्ध लामाले दिएको जानकारीअनुसार कम्पनीको प्रावधान अनुसार मृतकका परिवारलाई उक्त रकम उपलब्ध गराइनेछ।
मृतक प्रधानप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनका आत्माको चिरशान्तिको कामना गरिएको छ भने यस दुःखद घडीमा शोकाकुल परिवारजनलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना समेत गरिएको छ।


