जितपुर माविले मनायो ६० औं बार्षिकोत्सब

 

काठमाण्डौं । तारकेश्वर नगरपालिका भित्र सिभिल इञ्जीनियरीङको पढाई हुने एक मात्र सामुदायिक विद्यालय जितपुर मा.बि ले स्थापनाको ६० औं बार्षिकोत्सब एवं २० औं अविभावक दिवस मनाएको छ ।

बिज्ञापन

तारकेश्वर नगरपालिका वडा नं ३, किसण्डोल स्थीत विद्यालय प्राङगणमा आज तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनको प्रमुख आतिथ्य, नगर उप प्रमुख सिर्जना बुर्लाकाेठि अर्यालकाे बिशेश आतिथ्य र तारकेश्वर वडा ३का वडा अध्यक्षएंब बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम अर्याल काे सभापतित्वमा विद्यालयले स्थापना दिवस एवं अविभावक दिवस मनाएको छ ।

विद्यालयको स्थापना दिवसको अवसरमा आयोजीत कार्यक्रमलाई सम्बोधन गदै नगरप्रमुख कृष्ण हरि महर्जनले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि नगरपालिका जिम्मेवार बनेर लागि परेको बताँउदै शैक्षिक सुधारका असरपर्ने खालका गलत गतिविधि स्वीकार्य नहुने बताउनभयो ।
नगरप्रमुख महर्जनले भन्नुभयो “विद्यार्थीलाई खाजाको कुरा होस, शिक्षाको कुरा होस, पठन पाठनको कुरा होस या सेवा सुविधाको बिषयमा शिक्षक शिक्षिकालाई के गर्नुपर्दछ, हामी गर्न तयार छौं, तर शिक्षामा असर पर्ने खालका कुराहरुमा सम्झौता हुंदैन शिक्षक शिक्षिका पाँच मिनेट ढिलाे चाडाे कक्षा काेठामा वानाले पनि शिक्षामा फरक पर्ने र नीति नियम नमान्नेलाई कार्वाही गरिने कुरा बताउनु भयाे
शैक्षिक क्षेत्रको विकासका निम्ती नगरपालिका लगानी गर्न नडराउने बताँउदै नगरप्रमुख महर्जनले अन्य क्षेत्रको बजेट कटौती गरेर भएपनि शिक्षामा थप लगानी गर्न तयार रहेको बताउनुभयो ।
तारकेश्वरका समुदायिक विद्यालयमा बिगतमा हुने धेरै कम्जोरीहरु सुधार भइरहेको बताँउदै नगरप्रमुख महर्जनले विद्यालयहरुमा कहिले घाम अस्ताउला र घर जाऔंला भन्ने स्थीति भने अहिले नरहेकोमा खुसी लागेको बताउनुभयो तारकेश्वर नगरपालिकालाई शैक्षिक हव बनाउन लागि पेरकाे र यसमा सबैले सहयाेग चाहिने कुरामा जाेड दिनुभयाे
शिक्षा विकास तथा समन्वय इकाई, काठमाण्डौंका प्रमुख विचारी प्रसाद अधिकारीले शिक्षा क्षेत्रमा तारकेश्वर नगरपालिकाले गरेको लगानी उदाहारणीय रहेको बताँउदै नगरपालिकाको लगानीले सामुदायिक विद्यालयको शैक्षिक सुधार हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं तारकेश्वर नगरपालिका वडा नं ३ का अध्यक्ष परशुराम अर्यालले तारकेश्वरका सामुदायिक विद्यालयहरु संस्थागत विद्यालय भन्दा कम नरहेको बताँउदै तारकेश्वरले शिक्षामा गरेको लगानीले सामुदायिक विद्यालयमा सुधार आएको दावी गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहिरहंदा विद्यालय सञ्चालन गर्ने क्रममा कुनै हस्तक्षेप नगरेको र म कुनै राजनीति दलकाे प्रतिनिधि हाे तर निर्वाचित भएपछि सबैकाे साझा हु त्यसकारण सबैलाई मिलाएर बिद्यालयलाई फाईदा हुने काम मात्र गर्ने कुरा बताँउदै अध्यक्ष अर्यालले विद्यालयमा राजनीति हुन नहुने कुरा बताउनुभयो ।
सो अवसरमा अध्यक्ष अर्यालले आफ्नो पिताको स्मरणमा विद्यालयमा एसईई उत्रिण हुने एक विद्यार्थी र उत्कृष्ट एक शिक्षकलाई बार्षिक रुपमा पुरस्कृत गर्नका लागि एक लाखको पुरस्कार राशीको घोषणा गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरि कृष्ण अर्यालले लामो इतिहाँस बोकेको विद्यालयको शैक्षिक सुधारमा विद्यालय लागि परेको बताँउदै विद्यालय प्रति विद्यार्थीको आर्कषण बढाउन नगरपालिकाको अनुदानमा विद्यालय बस समेत सञ्चालनमा रहेको बताउनुभयो ।
सो अवसरमा तारकेश्वर नगरपालिकाका उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, तारकेश्वर नगरपालिकाको शिक्षा शाखाका प्रमुख पदम बहादुर खत्री, शाखाका अधिकृत शन्तोष खनाल, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, समाजसेवीहरु, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, अविभावकहरु लगायतको उपस्थीति रहेको थियो ।
सो अवसरमा विद्यार्थीहरुले बिभिन्न नृत्य तथा मनोरञ्जनात्मक क्रियाकलापहरु देखाएका थिए भने विद्यालयका शिक्षिकहरुले सामुहीक नृत्य समेत प्रस्तुत गरेका थिए ।
तारकेश्वरका अनुभबी र बरिष्ठ शिक्षकको रुपमा रहनु भएका हरि कृष्ण अर्यालले प्रधानाध्यापकको जिम्मेवारी सम्हालेपछि विद्यालयलाई शैक्षिक र भौतिक बिकासमा अहोरात्र खटिरहनु भएको अविभावकहरुले बताए ।
सानुकाजि थापा
बालकुमारी खवर
९८४१२२५८७३