काभ्रे – लोक तथा दोहोरी गीत संगीतका प्यासि मनहरुका लागि गायिका संचारकर्मी देबी खड्का र अशिम कुमार कटुवालको सुमधुर स्वरमा “राजासाप” बोलको गीत भर्खरै मात्र सार्बजनिक भएको छ ।

उक्त गीत स्थायि घर दोलखा भएर हाल काठमाण्डौमा रहँदै आएका नेपालि काठे लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका लागि जुटिरहेका अशिम कुमार कटुवालको प्रस्तुतिमा रहेको छ ।

उनले यस अगि पनि थुप्रै मौलिक गीतहरु आफ्ना श्रोता तथा दर्शकहरु माझ पस्कि सकेका छन् । कुनै पनि नेपालि लोक तथा दोहोरी गीतहरु सार्बजनिक गरिरहंदा मौलिकतालाई ख्याल गरिएन भने उस्को सांगितिक यात्रा गन्तब्य बिहिन हुने गायक अशिमको धारणा रहेको छ ।

लोकदोहोरी गित राजासापमा लोकप्रिय सर्जक बिनोद ढकालको शब्द तथा गायक कटुवाल कै थेगो रहेको छ ।त्यस्तै गितको संगित भने सुरज बुढाथोकीको रहेको छ । लोकदोहोरीक्षेत्रमा छुट्टै स्थान बनाइरहेका मोडल महेन्द्र गौतम र अप्सरा कार्कीको अभिनय रहेको छ ।

गितको निर्देशक खमेश श्रेष्ठले गरेकाछन् भने गीतको अडियो तथा भिडियोलाई Ashim Kumar Katuwal युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

पुरा भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly