ललितपुरको मंगलबाजार स्थित आदर्श कन्या निकेतन माध्यमिक विद्यालयमा ‘अमर वान्तु अक्षयकोष’ स्थापना गरिएको छ । विद्यालयको ७५औं वार्षिक उत्सवमा उक्त कोष स्थापना भएको हो ।

यसै विद्यालयका पूर्व शिक्षक वरिष्ठ कवि तथा गीतकार अमर वान्तुको नाममा अक्षयकोष स्थापना भएको हो । कार्यक्रममा स्रष्टा वान्तुले आफ्ना दर्जन जति लोकप्रिय कविता तथा गजल प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा विद्यालयमा अध्ययनरत छात्राहरूबीच कविता प्रतियोगिता आयोजनासमेत गरिएको थियो । कवि चन्द्र रानाहँछा साथै विद्यालयका शिक्षकद्वय सुदिपराज जोशी र केशवराज काफ्लेको निर्णयक मण्डल रहेको प्रतियोगितामा जेसिका शाह प्रथम, मानसा श्रेष्ठ द्वितिय, करुण गिरी तृतिय र मनिसा थापाले सान्तवना पुरस्कार जित्न सफल हुनुभएको थियो । प्रतियोगिताका पुरस्कृत कविहरूलाई स्रष्टा वान्तुका साथै विद्यालयका प्रधानाध्यापक शैलेसबहादुर प्रधानले पुरस्कार प्रदान गर्नुभएको थियो ।

कार्यक्रमलाई स्रष्टा वान्तु, प्रधानाध्यापक प्रधान, कवि रानाहँछा, कवि वम बानियाँ लगायतले सम्बोधन गर्दै पुरस्कृत तथा सहभागी कविहरूलाई बाधाई तथा शुभकामना दिनुभएको थियो ।

पूर्व शिक्षक, शिक्षिकाको बाक्लो उपस्थितिमा आयोजित उक्त कार्यक्रमको सहजिकरण शिक्षक आनन्द ढुंगानाले गर्नुभएको थियो । अन्त्यमा स्रष्टा वान्तुको लोकप्रिय गीत ‘गर्मी भयो धरान’मा सम्पूर्ण शिक्षक, शिक्षिका र छात्राहरूले नृत्य प्रस्तुतमार्फत मनोरञ्जन गर्दै कार्यक्रमको समापन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

विगत देखि वर्तमानसम्म|मल अभाव देखि,खेतबारीमा तरकारी फालेको कुरा सम्म|केके छ पर्दर्शनीमा कृषकको कुरा.