काभ्रेपलान्चोक – नेपालीहरुको दोश्रो महान पर्व तिहार शुरू हुन ३ दिन बाँकी हुँदा दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाएपछि दिने भाइमसलाको व्यापार बढेको छ । उपत्यका देखि लिएर काभ्रे जिल्लामा पनि भाइमसलाको व्यापार बढ्को ब्यापारीहरुले बताएका छन् ।

तिहारको समयमा काजु, बदाम, किसमिस, ओखरलगायत वस्तुको व्यापार करीब ३० देखि ४० प्रतिशतसम्मले वृद्धि हुने गरेको छ ।
व्यापारीहरूका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष काजु, बदाम, पेस्ता, नरिवल, ओखर, छोकडालगायत मसलाको व्यापार करीब १० प्रतिशतले बढेको बताएका छन ।

नेपालमा तिहारको समयमा मात्रै करीब ६० करोड रुपैयाँसम्मको भाइमसलाको कारोबार हुने गरेको व्यापारीहरू बताउँछन् ।यसपटक भाइमसलाको मूल्यमा समेत केही वृद्धि भएको पाइएको छ ।

काजुको मूल्य अघिल्लो वर्षको तिहारको तुलनामा प्रतिकिलो १ सय रुपैयाँले बढेर १५ सयबाट १६ सय रुपैयाँ पुगेको व्यापारी राम तिमल्सिनाले काभ्रे प्रेस लाई जानकारी दिएका छन ।

तिमल्सिनाका अनुसार गतवर्षको तुलनामा ५० रुपैयाँले बढेर १५ सय ५० रुपैयाँ कायम भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..