काभ्रेमा पराल बोकेको निसान गाडी दुर्घटना : दुईको मृत्यु, एक घाइते

काभ्रे । काभ्रेमा पराल बोकेको गाडी निसान गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्।

जिल्लाको पनौती नगरपालिका वडा नम्बर-२, स्थित कुशादेबीमा पराल बोकेको निसान गाडी दुर्घटनामा भएको हो । दुर्घटनामा परी पनौती न.पा.२ कुशादेवी बस्ने बर्ष ४० को रबिन आचार्य र बेथानचोक गाउँपालिका-२ का बर्ष ५० को शिब बिक्रम केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी डिएसपी राजकुमार श्रेष्ठका अनुसार सिलाभन्ज्याङ स्थितमा कुशादेवीबाट नयाँ गाँउ तर्फ जादै गरेको बा.४ ख.६७२३ पराल लोड निसान गाडी ब्रेक फेल भई दुर्घटना भएको थियो ।

दुर्घटनामा परी तीन जना घाइते भएका थिए । गम्भीर घाइते भएकालाई उपचारका लागि हस्पिटल लैजाने क्रममा बाटोमै दुई जनाको मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिए।

दुर्घटनामा परी घाइते भएका बेथानचोक गा.पा. २ बर्ष ४५ की सारदा तिमल्सिना टाउको, घाँटीमा र दुबै हात खुट्टामा चोट लागेको प्रहरीले बताए । घाइते तिमल्सिनाको सिरमेमोरीयल अस्पतालमा उपचार भई रहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।