काभ्रे – काभ्रे काँग्रेसको जिल्ला सभापतिमा तिर्थ लामा विजयी भएका छन् । नेपाली काँग्रेस काभ्रेको १४ औँ अधिवेसनबाट लामा अत्याधिक मतले विजयी भएका हुन् । तिर्थ लामाले उनका प्रतिद्वन्द्वी अच्युत पौडेल ८ सय ७६ मतले हराउँदै विजयी भएका हुन् । लामाले १६४६ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी अच्युत पौडेलले ७७० मत प्राप्त गरेका छन् ।

निर्वाचन समितिले जारी गरेको अन्तिम मत परिणाम अनुसार उपसभापती तीर्थ प्यानलको ठाकुर प्रसाद न्यौपानेको १४०० मत र रमेश प्रसाद हुमागाईंको १५२३ मत रहेको छ । मधु आचार्य प्यानलका उपसभापति गोविन्द बहादुर थापाको ६९५ मत, शंकरदास लामा ९राजु० को ६५२ मत रहेका छ भने उपसभापतिको स्वतन्त्र उम्मेदवार देवराज लामाको २४१ मत रहेको छ ।

सचिबमा तीर्थ प्यानलका गुणराज मुक्तानको १४२० मत र माधव प्रसाद ढकालको १४१० मत रहेको छ । मधु आचार्य प्यानलका कमल बहादुर तामाङ ७५५ मत र दिनेश भुर्तेलको ८३५ मत छ । सहसचिबमा तीर्थ लामा समूहका रमीर ब्याञ्जु श्रेष्ठको १४४५ मत र रबिन्द्रनाथ सिग्देलको १४१९ मत रहेको छ । मधु आचार्य प्यानलका बिनोद गौतमको ७५५ मत र रञ्जीव श्रेष्ठको ८४५ मत रहेको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..