
काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई राहत दिन नेपाल आयल निगमले आज काठमाडौंका विभिन्न ७ स्थानबाट ग्यास सिलिण्डर बिक्री वितरण गर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं र ग्यास उद्योगीहरूसँगको समन्वयमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विभिन्न ब्रान्डका ग्यास बिक्री गरिने निगमले जनाएको छ।
नियमित बिक्रेताबाट ग्यास प्राप्त गर्न नसकेका अति आवश्यक उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र लिएर तोकिएका बिक्री केन्द्रमा उपस्थित भई ग्यास खरिद गर्न सक्नेछन्।
ग्यास वितरण हुने स्थान र ब्रान्ड
नेपाल आयल निगम, टेकु परिसर: नेपाल, एचपी, एभरेस्टर सुगम, श्रीराम र सगर
पशु सेवा शाखा, चपली, बुढानीलकण्ठ: नेपाल, एचपी र भानु
राधास्वामी, कीर्तिपुर परिसर: नेपाल, एचपी, एभरेस्टर सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया
नयाँ बजार जुडो हल परिसर: नेपाल, एचपी र ओम
तारकेश्वर नगरपालिका परिसर: नेपाल र एचपी
चन्द्रागिरी नगरपालिका कार्यालय: लोकप्रिय, नेपाल, एचपी र श्रीमाया
राष्ट्रिय क्षयरोग केन्द्र, ठिमी: नेपाल, एचपी, सूर्य, सगर, एभरेस्टर सुगम र एसटीसी
निगमले एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको र बिक्रेतामार्फत पनि वितरण जारी रहेको जनाएको छ। त्यसैले समस्यामा परेका तथा अत्यावश्यक उपभोक्तालाई मात्र यी बिक्री केन्द्रमा आउन निगमले अनुरोध गरेको छ।
यसअघि शनिबार काठमाडौंका पाँच स्थानबाट ६ हजार ८०२ थान ग्यास सिलिण्डर बिक्री गरिएको निगमले जनाएको छ।





