नगरपालिकाद्धारा जारी गरिएको सूचनामा भनिएको छ, ‘यस नगरपालिकाको विभिन्न स्थान तथा सडक किनारामा नगरपालिकाबाट स्वीकृति नलिई घर टहराहरु निर्माण भएका र हालसमेत कतिपय स्थानमा निर्माण भइरहेको जानकारी प्राप्त भएको छ ।’

नगरपालिकाको स्वीकृति लिएर मात्र निर्माण कार्य गर्न–गराउन सबैलाई आग्रह गरिएको छ । सूचनालाई बेवास्ता गरी काम गरिरहेको देखिएमा वा अनधिकृत संरचना नहटाएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

 

तपाईको प्रतिक्रिया

शिक्षा क्षेत्रका माफियाहरु धेरै सलबलाए : इन्दिरा हुमागाई प्रशासन प्रमुख फुल्चोकी नर्सिङ क्याम्पस