यसरी देखिन्छ शरीरमा छिटो मृत्युको चेतावनी चिन्ह

|| शनिबार, भाद्र ०५, २०७८
यसरी देखिन्छ शरीरमा छिटो मृत्युको चेतावनी चिन्ह
काभ्रेपलान्चोक –शरीरमा महसुस हुने हरेक साना–ठूला परिवर्तनले मानिसको छिटो मृत्युको संकेत दिनसक्छ । डाक्टरले चेतावनी दिँदै यी संकेत हरेकले बुझ्न आवश्यक भएको बताउने गर्छन् ता कि यसलाई समयमा नियन्त्रण गर्न सकियोस् । एक शोधको आधारमा अनुसन्धानकर्ताले छिटो मृत्युको यो चेतावनी चिन्ह मृत्यु हुनु १० वर्ष अघि नै देखिने दाबी गरिएको छ । हिँड्डुल गर्नेदेखि लिएर शरीरका विभिन्न गतिविधिमार्फत् तपाईं यसको पहिचान गर्न सक्नुहुन्छ ।

ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित यो शोधको आधारमा विशेषज्ञले भने, ‘६५ वर्षभन्दा बढी उमेरमा ‘फिजिकल मोटर फंक्सन’ मा गिरावट हुनु मृत्युको बढ्दो जोखिमसँग सम्बन्धित छ ।’विशेषज्ञका अनुसार मानिसहरु कुर्सीबाट उठ्नेदेखि हिँड्डुल गर्ने र वाकिङ स्पीड वा कमजोर ग्रिप स्ट्रेन्थ (पकड) मार्फत् यी संकेतको पहिचान गर्न सकिन्छ । सुरुवाती चरणमा यसको पहिचान गरेर तपाईं यसको रोकथाम गर्न सक्नुहुन्छ ।

विशेषज्ञको यो दाबी ३३ देखि ५५ वर्षका उमेरका ६,००० स्वयंसेवकमाथि भएको एक अनुसन्धानमा आधारित छ जुन सन् १९८५ देखि १९८८ का बीचमा आयोजना गरिएको थियो । त्यसपछि सन् २००७ र सन् २०१६ बीच यी सहभागीको तीन भिन्न भिन्न समयमा शारीरिक मूल्यांकन पनि गरिएको थियो । यसमा हिँडाईको गती, कुर्सीबाट उठ्न लाग्ने समय, केही कुरा समात्ने शक्ति, शौचालयको प्रयोग, पकाउने र सरसामान किनमेलजस्तो केही सहज काम अह्राइएको थियो । यसमा सन् २०१९ सम्म कुनै पनि कारणले भएको मृत्यु पनि दर्ता गरिएको थियो ।

बिज्ञापन

शोधमा पाइए अनुसार फिजिकल मोटर फंक्सनको लेभलमा कमी हुँदा मानिसको छिट्टै मृत्युको बढ्दो जोखिमसँग सम्बन्धित छ । रिपोर्टका अनुसार सन् २०१९ सम्म जुन स्वयंसेवीको मृत्यु भयो, उनीहरुको मृत्युभन्दा १० वर्ष अघिसम्म कुर्सीबाट उठ्ने गती बाँचिरहेका बिरामीको भन्दा कम थियो । यति मात्रै होइन, मृत्यु भएका स्वयंसेवकले मृत्युभन्दा चार वर्ष अघिसम्म आफ्नो दैनिक क्रियाकलापमा बाँचिरहेका मानिसहरुभन्दा बढी कठिनाई महसुस गरे । यो अवधिमा मृत्यु हुने स्वयंसेवीहरुको समस्या लगातार बढिरह्यो ।

शोधकर्ताले छिटो मृत्यु भएका २२ स्वयंसेवीमा ‘स्लो वाकिङ स्पीड’ को समस्या भेटे । १५ प्रतिशतमा कमजोर ग्रिप स्ट्रेन्थ र १४ प्रतिशत मामिलामा कुर्सीबाट उठ्दा समय लाग्नेजस्ता समस्या सम्बन्धित थिए । यस्तै, दैनिक क्रियाकलापमा कठिनाई मृत्युको ३० प्रतिशत मामिलासँग सम्बन्धित थियो । विशेषज्ञका यो चेतावनीयुक्त चिन्ह समयसँगै बढी गम्भीर हुँदै गयो ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
हाम्रो बारेमा

यो वेवसाइट Kavrepress.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क स्थान

सम्पर्क
काभ्रे प्रेस डट कम (KavrePress.com )
९८०३१२३१७६
९८६०८९७९८७
[email protected]
बनेपा नगरपालिका – ९ नयाँबस्ती , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. :२८००/०७८-७९
पान नं. : १०८१७८२२७

हाम्रो टिम

प्रकाशक / प्रधान सम्पादक

अरबिन्द्र गौतम

सल्लाहकार तथा संरक्षक

नवराज बजगाईं

सम्पादक:- सागर घिमिरे

संवाददाता :- दिनेश भण्डारी

संवाददाता : रामेन्द्र गौतम