कात्तिकेदेउराली – नेपाल मेडिकल स्टुडेन्ट एसोसिएसन काठमाडौं विश्वविद्यालय धुलिखेल अस्पतालका (NMSA KUSMS) बिद्यार्थीहरुले काभ्रेको कोशीपारी कात्तिकेदेउरालीमा निःशुल्क महिला स्वास्थ्य शिविर तथा स्यानिटरी प्याड बितरण र तालिम प्रदान गरेका छन् ।
कार्यक्रममा गएका मेडिकल टिमले सर्वप्रथम महिला स्वास्थ्यसँग जोडिएका रजस्वला, गर्भावस्था आदिबारे जानकारी गराउनुका साथै स्वास्थ्य चेक जाँच गरी निःशुल्क औषधी र स्यानिटरी प्याड पनि बितरण गरेका थिए ।
शिक्षा र स्वास्थ्यमा सम्पुर्ण जनताको पहुँच हुनुपर्छ र कोही पनि शिक्षा र स्वास्थ्यको पहुँचबाट बञ्चित हुनुहुँदैन । मेडिकल क्षेत्रमा लागेर हामी अस्पतालमा मात्रै सिमित छैनौँ । जँहाको जनता अस्पतालीको पहुँचमा छैनन् हामी त्यँहा नै घर आगनमा पुगेर स्वास्थ्य सेवा प्रदान गरिरहेका छौँ र गर्नेछौँ भन्दै सँस्थाका अध्यक्ष प्रभाकर तिमल्सिनाले आफ्नो मन्तव्य राख्नु भयो । कार्यक्रममा १० जनाको मेडिकल टिम गएको थियो भने लगभग ३२० महिलाहरु उपस्थित भई महिला स्वास्थ्य सम्बन्धि जानकारी लिई आफ्नो स्वास्थ्य चेक जाँच गराई परामर्श लिनुभएको थियो । कार्यक्रम सफल बनाउन सोही गाउँकि समाजसेवी सरस्वती गौतमले महत्वपूर्ण योगदान पु¥याउनु भएको थियो र धुलिखेल नगरपालिकाले स्यानिटरी प्याड उपलब्ध गराएको थियो । आगामी दिनहरुमा अझै धेरै यस्तै खालका कार्यक्रम गरिरहने अध्यक्ष प्रभाकर तिमल्सिनाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

नैतिक व्यावहारिक तथा व्यवसायी शिक्षा प्रदान गर्दै बेलर| गुणस्तरीय शिक्षाका लागि बेलर हेर्नुस् भिडियो