पावर न्युज एक्सप्रेसका प्रधान सम्पादक अरबिन्द्र गौतम ‘राष्ट्रिय रत्न सम्मान–२०८३’बाट सम्मानित

काभ्रे, श्रावण १६ । पावर न्युज एक्सप्रेसका प्रधान सम्पादक तथा काभ्रेपलाञ्चोक जिल्लाका सक्रिय पत्रकार अरबिन्द्र गौतम प्रतिष्ठित ‘राष्ट्रिय रत्न सम्मान–२०८३’ बाट सम्मानित भएका छन्। समारी इन्टरनेसनल इभेन्टद्वारा आयोजित विशेष समारोहमा माननीय राजिव खत्रीले गौतमलाई उक्त सम्मान प्रदान गरेका हुन्।

लामो समयदेखि निष्पक्ष, जिम्मेवार तथा जनपक्षीय पत्रकारितामा सक्रिय रहँदै आएका गौतमलाई पत्रकारिता क्षेत्रमार्फत समाजमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

बिज्ञापन

पत्रकार गौतमले समाचार र सूचनामार्फत समाजका आवाजलाई उजागर गर्दै सत्य, निष्पक्षता र उत्तरदायित्वलाई सधैं प्राथमिकतामा राख्दै आएका छन्। काभ्रे जिल्लाको पत्रकारिता क्षेत्रलाई सशक्त बनाउँदै सामाजिक, शैक्षिक, विकास निर्माण, सुशासन तथा जनसरोकारका विषयलाई निरन्तर उजागर गर्ने उनको भूमिका प्रशंसनीय मानिएको छ।

विशेषगरी स्थानीय मुद्दा, नागरिकका समस्या तथा विकासका गतिविधिलाई प्राथमिकताका साथ समाचारमार्फत सार्वजनिक गर्दै आएका गौतमको सक्रियता काभ्रेपलाञ्चोकको पत्रकारिता क्षेत्रमा उदाहरणीय रहेको बताइएको छ।

‘राष्ट्रिय रत्न सम्मान–२०८३’ प्राप्त गर्नु गौतमको व्यक्तिगत उपलब्धि मात्र नभई काभ्रे जिल्लाको समग्र पत्रकारिता क्षेत्रकै गौरवको विषय भएको सरोकारवालाहरूले बताएका छन्। यस सम्मानले सत्य, तथ्य र जनहितमा आधारित पत्रकारिताप्रति अझ बढी जिम्मेवार र समर्पित भएर अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ।

सम्मान ग्रहणपछि गौतमले प्राप्त सम्मानले आफूलाई थप जिम्मेवार बनाएको उल्लेख गर्दै आगामी दिनमा पनि निष्पक्ष, तथ्यपरक र जनउत्तरदायी पत्रकारितालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। #Arbindra_Gautam