गीतकार रोज लामा योञ्जनले ‘मेरो माया सजाउँदा’ बोलको गीत सार्वजनिक गरेका छन् ।

विदेशी भुमीमा रहेर पनि नेपाली गीत-संगीतमा टेवा पुर्याईरहेका गीतकार रोज हाल दोहा कतारमा हुनुहुन्छ!

विगत लामो समयदेखि गीत लेखनमा सक्रिय गीतकार रोज लामा योञ्जनको गीतमा संगीत तथा संगीत संयोजन सुनिल राईले गरेका छन् भने गीतमा शशि किरातीको स्वर रहेको छ ।

सार्वजनिक गीतको छायांकन, सम्पादन सुवास लिम्वुले गरेका हुन् । रोहित लाम्गादेको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा आयसा क्षेत्री र नहिम अलीले अभिनय गरेका छन् ।

गीतकार रोज लामा योन्जनको अर्को गीत ‘तिम्रो नयन’ पनि केही समयअघि Yuma Arts युट्युवमा सार्वजनिक गरिएको थियो ।

<iframe width=”100%” height=”315″ src=”https://www.youtube.com/embed/qnYxzJH9aMs?si=_N9AI57DrdC2IzTb” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” allowfullscreen></iframe>

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly