तिमी सँगै हुन सार्वजनिक

काभ्रेपलान्चोक – गीतकार समाजसेवी प्रतिमा गुरुङको शब्द रचनामा लोकप्रिय गायिका मिलन नेवार र गायक संगीतकार चिरन्जीवी भण्डारीको आवाजमा प्रेमिल गीत (तिमि संगै हुन) गीतको भिडियो सार्वजनकि भएको छ । गीतलाई गायक संगीतकार चिरन्जीवीले संगीत गरेका छन् भने सन्जिब बराईलीले संगीत संयोजन गरेका छन् ।

गीतको भिडियोमा सुब्रतराज आचार्यको निर्देशन,उत्सब दाहालको छायांकन बिष्णु खड्काको सम्पादन रहेको छ। भिडियोमा गायक संगीतकार चिरन्जीवी भण्डारी र कबिता न्यौपानेको रोमान्सले भरिपुर्ण अभिनय रहेको छ ।

बिज्ञापन

गीतकार समाजसेवी प्रतिमा गुरुङ गीत लेखन अझ भनौ प्रेमिल गीत लेखनमा र समाजसेवामा चिरपरिचित नाम हो, उनका लेखनमा रहेका,बिस्तारै बिस्तारै, मायालु तिमि, तिमि छौ र त,मन त् यो हरामी लगायतका गीतहरु चर्चित छन् ।

गीत लेखन बाहेक उनि समाजसेवामा आफुलाई समर्पित गर्न रुचाउछिन, अहिले सार्वजनिक भएको गीतको भिडियोलाई गायक संगीतकार चिरन्जीवीको यूट्यूब च्यानलमा हेर्न सकिन्छ। आउनुहोस हेरौं उक्त गीतको भिडियो ।  https://youtu.be/vWIVWMMeJqw