


काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिकामा जन्मिएका सामाजिक अभियन्ता विपिन शर्मा दाहाल पाँचौँ काव्य म्युजिक अवार्ड २०८३ अन्तर्गत सम्मानित भएका छन्।


समाजमा सामाजिक अभियन्ताको रूपमा सक्रिय रहँदै विभिन्न सामाजिक काम, जनचेतनामूलक अभियान तथा सकारात्मक परिवर्तनका लागि पुर्याएको योगदानको कदरस्वरूप दाहाललाई उक्त सम्मान प्रदान गरिएको हो।


खानीखोलाको माटोमा जन्मिएर समाज सेवामा निरन्तर सक्रिय दाहालले सामाजिक उत्तरदायित्व, सहयोग, प्रेरणा तथा समुदायमा सकारात्मक प्रभाव पार्ने कार्य गर्दै आएका छन्। समाजप्रतिको समर्पण र योगदानको सम्मानस्वरूप प्राप्त यो उपलब्धिले खानीखोला गाउँपालिका तथा काभ्रेपलाञ्चोक जिल्लाकै गौरव बढाएको स्थानीयवासीको भनाइ रहेको छ।
उनको यस सम्मानप्रति शुभेच्छुक, स्थानीयवासी तथा विभिन्न सामाजिक क्षेत्रसँग आवद्ध व्यक्तिहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

