क्लासिक टेकले गर्यो मन्त्री बादेलाई बधाई तथा सम्मान

 

काभ्रेपलान्चोक – क्लासिक टेकले सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेलाई बधाई तथा सम्मान गरेको छ । सोमबार काभ्रेको बनेपामा आयोजित एक कार्यक्रमको अवसरमा मन्त्री बादेलाई क्लासिक टेकको बनेपा शाखाले सम्मान गरेको हो ।

बिज्ञापन

सुमांगल शान्ति नगर टोल विकास समितिले आयोजना गरेको तिज बनेपा महोत्सव २०८२ भदौ ९ गते (सोमबार) बाट सुरु भएको छ । महोत्सवको उद्घाटन बागमती प्रदेशका सामाजिक विकास मन्त्री बादेले गरेका छन् । समुद्घाटन समारोहमा नवनियुक्त मन्त्री बादेलाई क्लासिक टेकको बनेपा शाखाले बधाई तथा सम्मान गरेको हो ।

मन्त्री बादेलाई सम्मान गर्दै क्लासिक टेकको बनेपा शाखाका प्रमुख निराजन रेग्मीले दूरदृष्टि प्रतिबद्धता र कुशल नेतृत्व मार्फत् प्रदेशको सामाजिक विकास क्षेत्रमा महत्वपूर्ण उपलब्धी हुने कार्यक्रममा विश्वास व्यक्त गरे । सामाजिक विकासका क्षेत्रमा यस मन्त्रालयबाट उल्लेखनीय तथा उदाहरणीय कार्यको अपेक्षा राखिएको उनले बताए । क्लासिक टेकको बनेपा शाखाले सम्मानप्रति मन्त्री बादेले आभार प्रकट गरे ।