युवा संघ नेपाल काभ्रेको तेस्रो पुर्ण बैठक शनिवार एमाले पार्टी कार्यालय बनेपामा सम्पन्न भएको छ । वैठकले जिल्ला स्थित १ सय ३५ वटै वडाहरुको वडा भेला र अधिवेशनहरु सम्पन्न गर्दै अवधि पुगेको र हाल सम्म केहि कमजोर गतिविधिहरुमा रहेका पालिकाहरुको अधिवेशनहरु गर्ने निर्णय गरेको छ । युवा संघ काभ्रेका अध्यक्ष ईश्वर बल्लभ सापकोटाको अध्यक्षतामा नेकपा एमाले पोलिटब्युरो सदस्य, पुर्व मन्त्री गोकुल प्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकले यस्तो निर्णय गरेको हो।

वैठकले जिल्ला स्थित १ सय ३५ वटा वडाहरुको वडा भेला र अधिवेशनहरु सम्पन्न गर्दै अवधि पुगेको र हाल सम्म केहि कमजोर गतिविधिहरुमा रहेका पालिकाहरुको अधिवेशनहरु गर्ने बताइएको छ ।दुई महिने अभियानमा वडा अधिवेशनहरु सम्पन्न गर्न उप्रेरकको रुपमा उपाध्यक्ष रुपक रायमाझीलाई तेमाल, पाँचखाल र खानिखोला, सचिव सि.वि लामालाई धुलिखेल, रोशी र महाभारत, सह-सचिव सुरेश भुजेल पनौती र बेथानचोक, सह-सचिव अमन धिलाइलाइ नमोबुद्ध र भुम्लु, कोषाध्यक्ष रमेश बुढाथोकीलाइ बनेपा र चौरिदेउराली तथा २ न क्षेत्रीय सयोजक मनोज बस्ताकोटीलाई मण्डनदेउपुरको जिम्मेवारी प्रदान गरेको छ । साथै विभागीय प्रमुखहरुलाइ पनि विभागिय विशेषता अनुसार आफ्ना रचनात्मक कियाकलाप अगाडि बढाउने निर्देशन दिएको अध्यक्ष ईश्वर बल्लभ सापकोटाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..