काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले डेंगी रोग नियन्त्रण स्वरुप आजबाट ‘खोज तथा नष्ट गर’ कार्य प्रारम्भ गरेको छ ।

आज पहिलोदिन फेदीबाट सिपाघाटसम्म खोज तथा नष्ट गर कार्य गरिएको थियो । फेदी, मकैटार, नर्बन्दा, रानीटार, सिउँडेनीटार, कुन्ताबेसी, हिँगुवापाटी, सिपाघाटको तल्लो र माथिल्लो बजार क्षेत्रमा ‘खोज तथा नष्ट गर’ कार्य सञ्चालन गरिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दिपक कुमार घिमिरेले जानकारी दिनुभयो ।

‘खोज तथा नष्ट गर’ कार्यको प्रारम्भ गर्दै नगरप्रमुख टोक बहादुर वाईबाले डेंगीबाट जोगिन नागरिक स्वयम सजग हुनेपर्नेमा जोड्दिनुभयो । ‘आज सूरुवात भएको छ । यो एउटा सांकेतिक मात्रै हो । हामीले यसलाई घर तहसम्म अभियानकै रुपमा सञ्चालन गर्नेछौँ । डेंगी रोग लामखुट्टेको टोकाईबाट लाग्ने भएकाले पानी जम्ने ठाउँ र भाडा प्रति विशेष सावधानी अपनाउनु होला ।’ नगरप्रमुख वाईबाले भन्नुभयो ।

उपप्रमुख विष्णुमणी नेपालले लामखुट्टेको टोकाइलाई सामान्य रुपमा नलिन आग्रह गर्नुभयो । ‘लामखुट्टेको टोकाइलाई सामान्य अर्थमा नबुझौँ । यसको टोकाईबाट मानव शरीरमा पुग्ने क्षति निकै डर लाग्दो छ । त्यही भएर आफ्नो घर वरपर सधै सफा राखौँ । सफा राख्नु भनेको केबल लामखुट्टेको टोकाइबाज जागिनु मात्रै होइन्, फोहोर जन्य रोगबाट सुरक्षित रहनुपनि हो । उपप्रमुख नेपालले भन्नुभयो ।

वर्क शप र छानामा राखिएका टायरहरुमा लामखुट्टेको लार्भ हुर्किरहेको पाइएपछि तत्काल हटाइएको थियो । ‘हामीले भेटेजति टायरका पानी फालेका छौँ । सम्बन्धित ब्यक्तिलाई सजग गराएका छौँ । भोलीबाट प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थाले ‘खोज तथा नष्ट गर’ अभियान टोल टोलमा सञ्चालन गर्ने छन् । विद्यालयहरुमा पनि स्वास्थ्यकर्मी पुगेर बालबालिकालाई डेंगी रोगका बारे जानकारी गराउनुहुनेछ ।’ स्वास्थ्य शाखा प्रमुख घिमिरेले भन्नुभयो ।

नगरपालिकाले आधारभूत अस्पतालमै डेंगी रोगको जाँच गर्न सकिने ब्यवस्था मिलाएको छ । ज्वरो आउने वित्तिकै स्वास्थ्यकर्मी र चिकित्सकको सल्लाहबिना कुनै पनि औषधी नखान नगरपालिकाले आफ्नो नागरिकलाई आग्रह गरेको छ । अभियानको पहिलोदिन वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, स्वास्थ्य संस्थाका प्रमुख, महिला स्वास्थ्य स्वयमसेविका लगायत सहभागि हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..