शिक्षासेवामा २५ वर्ष समर्पित रसिला सिग्देल तिमल्सिना सम्मानित

काभ्रेपलाञ्चोक — विगत २५ वर्षदेखि निजी विद्यालयमार्फत शिक्षासेवामा निरन्तर समर्पित रहँदै हजारौँ विद्यार्थीलाई शिक्षा, अनुशासन र उज्ज्वल भविष्यतर्फ मार्गदर्शन गर्दै आउनुभएकी शिक्षासेवी तथा सामाजिक व्यक्तित्व रसिला सिग्देल तिमल्सिना सम्मानित हुनुभएको छ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काभ्रे शाखाले उहाँलाई शिक्षाक्षेत्रमा पुर्‍याउनुभएको दीर्घकालीन योगदानको कदर गर्दै विशेष सम्मान प्रदान गरेको हो।

बिज्ञापन

प्याब्सनले उहाँको विद्यार्थीप्रतिको समर्पण, गुणस्तरीय शिक्षामा दिएको योगदान, समाजप्रतिको सकारात्मक भूमिका तथा शैक्षिक चेतना अभिवृद्धिमा खेलेको महत्वपूर्ण भूमिकाको उच्च मूल्यांकन गर्दै सम्मान गरेको जनाएको छ।

सम्मान कार्यक्रममा उपस्थित विभिन्न शैक्षिक तथा सामाजिक व्यक्तित्वहरूले रसिला सिग्देल तिमल्सिनाले शिक्षामार्फत समाज निर्माणमा पुर्‍याउनुभएको योगदानको प्रशंसा गरेका थिए। साथै उहाँले आगामी दिनमा पनि शिक्षा र समाजसेवामा अझ सक्रिय भूमिका निर्वाह गर्दै जाने विश्वास व्यक्त गरिएको थियो।

सम्मान ग्रहणपछि बोल्दै तिमल्सिनाले शिक्षा नै समाज परिवर्तनको प्रमुख आधार भएको उल्लेख गर्दै विद्यार्थी, अभिभावक र समाजको हितका लागि आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँलाई प्रदान गरिएको यस सम्मानले काभ्रे जिल्लामा शिक्षाक्षेत्रमा समर्पित शिक्षक तथा शिक्षाप्रेमीहरूलाई थप प्रेरणा मिल्ने विश्वास गरिएको छ।