

बैशाख २२ गते मंगलबार
विदुर, नुवाकोट/ साहित्य संगम नुवाकोटले एक कार्यक्रमकाबीच कलाकार, निर्देशक अमरकृष्ण चन्द सहित १० स्रष्टालाई सम्मान सहित संस्थाका अध्यक्ष साहित्यकार सुमित्रा सुमीकाे कलेजी बर्काे कविता संग्रह सार्वजनिक गरेकाे छ ।

साहित्य संगम नुवाकोटले कलाकार, निर्देशक अमरकृष्ण चन्द सहित स्रष्टाहरुलाई सम्मान गर्नुकाे साथै साहित्यकार सुमित्रा सुमिकाे कविता संग्रह कलेजी बर्काे विमाेचन गरेकाे हाे ।


वरिष्ठ देउडा गायक नन्दकृष्ण जाेशीकाे प्रमुख आतिथ्यतामा सम्पन्न साे कार्यक्रममा सुमीकाे कविता संग्रह कलेजी बर्काेका बारेमा कवि किरण काजितले समिक्षात्मक टिप्पणी गरेका थिए । कविता संग्रहमा ५९ कविता संग्रहित छन् । उक्त कविता संग्रहमा कविका गद्य र पद्य दुवै कविता समेटिएकाे छ ।
कार्यक्रममा अमरकृष्ण चन्द (काभ्रेपलाञ्चोक) लाई सु सन्देश पुरस्कार तथा संगम साहित्य सम्मान– २०८३ द्वारा सम्मान गरिएको थियाे । चन्दलाई करिव तीन दशकदेखि नेपाली कलाक्षेत्रमा नृत्य, अभिनय तथा निर्देशनकाे माध्यमबाट याेगदान पुराए बापत सम्मान गरिएको थियोे ।
सम्मानित चन्दले थुप्रै रंगमञ्च, म्युजिक भिडियो, लघु चलचित्र, टेलिचलचित्रमा अभिनय, नृत्य निर्देन तथा निर्देशन गरिसकेका छन् भने ठुलो पर्दाका चलचित्र पल्टन, सय दिन, याे कस्तो सम्बन्ध, त्याे पल लगायतमा अभिनय तथा सह निर्देशन गरेका छन् । चन्दले करिव डेढ दर्जन चलचित्रमा नृत्य निर्देशन समेत गरेका छन् ।
यसैगरी कार्यक्रममा लोकनाथ खराल (नवलपरासी) धनकुमारी तामाङ रत्न पुरस्कार तथा संगम साहित्य सम्मान– २०८३ बाट, कल्पना काफ्ले (धनकुटा) सरस्वती पौडेल÷ऋषिराम पौडेल रत्न पुरस्कार तथा संगम साहित्य सम्मान– २०८३, मन्दिरा चापागाईं (संखुवासभा) स्व. भवानी अधिकारी स्मृति पुरस्कार तथा संगम साहित्य सम्मान– २०८३, शशीश्री आचार्य (काठमाडौं) स्व. पद्मकुमारी चापागाईं स्मृती पुरस्कार एवम् संगम साहित्य सम्मान– २०८३, सुशील आचार्य (रसुवा) स्व. काशीनाथ गजुरेल स्मृति पुरस्कार तथा संगम साहित्य सम्मान– २०८३ बाट सम्मान गरिएको थियोे ।
यस्तै दलबीर सिंह बरायली ‘घायल’ (रामेछाप) स्व. ईमान सिंह गुरुङ स्मृति पुरस्कार एवम् संगम साहित्य सम्मान– २०८३, महेन्द्र नेउपाने (झापा, हाल ः भक्तपुर, उत्कृष्ट कृति वर्ष पुरस्कार एवम् संगम साहित्य सम्मान– २०८३, चुनावी सेरोफेरो (लघुकथा सङ्ग्रह –२०८२), के.पी. खतिवडा (नुवाकोट) संगम साहित्य पुरस्कार तथा सम्मान– २०८३, लक्ष्मण सिटौला (नुवाकोट) संगम साहित्य पुरस्कार तथा सम्मान– २०८३ र सदिक्षा भट्टराई (सूर्यगढी– ५, नुवाकोट) नव क्षितिज पुरस्कार तथा संगम साहित्य सम्मान– २०८३ बाट सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष सुमित्रा सुमीले जानकारी दिए ।
साहित्यप्रेमीहरूमो बाक्लो र उल्लासमय उपस्थिति रहेको कार्यक्रममा दुई दर्जन भन्दा बढी कवि तथा साहित्यकारले रचना वाचन गरेका थिए ।
कार्यक्रममा रेडक्रस सोसाइटी नुवाकोट शाखाका सभापति रामप्रसाद जोशी, कवि, उपन्यासकार हरि श्रेष्ठ, रेडक्रस सोसाइटी नुवाकोट शाखाका मन्त्री तथा समाजसेवी उद्धव शर्मा रिजाल, पल्लव साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष ऋषिप्रसाद लामिछाने, सुसन्देश साप्ताहिकका सम्पादक यदुनाथ गौतम, शुक्ला साहित्य संगम तनहुँकी अध्यक्ष टुका देवी पौडेल आचार्य लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा अध्यक्ष सुमीले आफ्नो अध्यक्षयीय मन्तव्यका राख्दै साहित्य संगम नुवाकोटको हरेक गतिविधिमा साथ दिनेहरु प्रति कृतज्ञता प्रकट गर्दै सदैव साहित्यकाे उत्थानमा लागिरहने बताए ।
’
संस्थाका अध्यक्ष सुमित्रा सुमीको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्य संगम नुवाकोटको वार्षिक साहित्यिक पत्रिका संगम समेत विमाेचन गरिएको थियोे ।


