एनएनआईपीए स्पोर्ट्स अवार्ड–२०७९ सम्पन्न भएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजना कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले निरन्तर रुपमा नेपाली खेलकुद क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरी राष्ट्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गौरवान्वीत बनाउन सफल विभिन्न खेलका वर्षभरिका उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई निरन्तर रुपमा सम्मान गर्दैआइरहेको छ । यस वर्ष पनि विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गरी राष्ट्रलाई गौरवान्वीत बनाउन सफल वर्ष उत्कृष्ट खेलाडी-२०७९ अन्तर्गत 18h NNIPA Sports Award-2080 बाट नगद पुरस्कार सहित काभ्रेको सन्देश मानन्धरलाई सम्मान गरिएको छ ।

अवार्डको १४ औं संस्करणमा विभिन्न २८ खेलका पुरुष/महिलासहित २८ खेलाडीलाई अवार्ड प्रदान गरिएको थियो ।

१८ औं एसियाली खेलकुदको प्रदर्शनलाई आधार मानी चयन गरिएका खेलहरुमा फुटबल, पौडी, भलिबल, टेबलटेनिस, सुटिङ, बक्सिङ, भारोत्तोलन, पाराग्लाइडिङ, कुराँस, कबड्डी, फेन्सिङ, रोलर स्पोर्ट्स, स्क्वास, सेपाकताक्रो, कुस्ती, स्पोर्ट्स क्लाइम्बिङ, बास्केटबल, लनटेनिस, ब्याडमिन्टन, ट्रायथलन, पेन्केक सिलात, कराते, जुडो, तेक्वान्दो, उसु, आर्चरी, एथलेटिक्स र गल्फ रहेका छन्।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..