भकुण्डेवेशी – नमोबुद्ध नगरपालिकाले मोतियाविन्दु भएका नगरवासीलाई निशुल्क उपचार (शल्यक्रिया)को व्यवस्था मिलाएको छ । रेयुकाई एइको मासुनासा आ“खा अस्पताल बनेपासंग सम्झौता गरेर निशुल्क उपचारको व्यवस्था मिलाइएको नगर प्रमुख कुन्साङ लामाले जानकारी दिनुभयो । कसैलाई पनि दृष्टिको समस्या नहोस् भनेर यस्तो व्यवस्था मिलाएको नगर प्रमुख लामाले बताउनुभयो । उहाँका अनुसार, सो समस्या भएकाले वडाबाट सिफारिस लिएर बनेपास्थित उक्त आँखा अस्पतालबाट सेवा लिन सक्नेछन् । वडाको सिफारिस लिएर आउने सबैलाई निशुल्क उपचारको व्यवस्था मिलाइने अस्पताल सञ्चालक समितिका महासचिव हिरामणि शर्माले जानकारी दिए ।
नगरपालिका र अस्पतालविच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । नगरपालिकाको तर्फबाट प्रमुख कुन्साङ लामा, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल र अस्पतालको तर्पmबाट अध्यक्ष मधुप्रसाद आचार्य र महासचिव हिरामणि शर्माले हस्ताक्षर गर्नुभएको छ ।
मोतियाविन्दु पहिचानको लागि नगरपालिकाले अस्पतालको प्राविधिक सहयोगमा विभिन्न समयमा आँखा शिविर समेत गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..