काभ्रे । नेकपा एमालेको तर्फबाट बागमती प्रदेशसभामा काभ्रे क्षेत्र नम्बर १ (ख) का उम्मेदवार चन्द्र लामाको जन्म २०३८ साल पौष २१ गते साविक डराउनेपोखरी गाविस वडा नम्बर ३ हालको नमोवुद्ध नगरपालिका–८ डराउनेपोखरीमा भएको हो । पिता जितबहादुर र माता अष्ठमाया तामाङको कोखबाट जन्मनुभएका लामाले स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ । ११ वर्षको उमेर अर्थात २०४९ सालदेखी उहाँ राजनीतिमा सक्रिय हुनुहुन्छ ।

२०४९ सालमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) श्रीकृष्ण मावि दाप्चाको प्रा.क. सदस्य भएर राजनीतिक यात्रा थाल्नुभएका लामा, २०५४ मा युवासंघ गाउँ कमिटी अध्यक्ष, २०५५ मा पार्टी गाउँ कमिटी उप–सचिव, २०५६ मा युवा संघ जिल्ला कमिटी सदस्य, २०६३ मा युवा संघ जिल्ला कमिटी सचिव, २०६५ मा युवा संघ काभ्रेको अध्यक्ष हुनुभयो । यस्तै २०६६ मा युवा संघको केन्द्रिय सदस्य बन्नुभएका चन्द्र २०६९ मा केन्द्रिय सचिव हुँदै २०७३ मा केन्द्रिय उपाध्यक्ष समेत बन्नभुयो । उहाँ २०७२ मा निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्ष बन्नुभयो । उहाँ हाल नेकपा एमाले काभ्रेको उपाध्यक्ष हुनुहुन्छ ।

२०७४ को निर्वाचनमा चन्द्र लामा नेकपा एमालेको तर्फबाट काभ्रे क्षेत्र नम्बर १ (ख) को उम्मेदवार बन्नुभएको थियो । नेपाली कांग्रेसका उम्मेदवार गणेश लामालाई ४ हजार १ सय ७७ मतान्तरले पराजित गर्दै उहाँ प्रदेश सांसद निर्वाचित हुनुभएको हो ।
लामाले काभ्रेको विकट क्षेत्र डाँडापारी क्षेत्रमा भौतिक पुर्वाधार निर्माण तथा पनौती, नमोवुद्ध, धुलिखेल र बेथानचोकमा पर्यटन प्रवद्र्धन र व्यवस्थित शहरीकरण लगायतका विषयमा निरन्तर सशक्त आवाज उठाउँदै आउनुभएको छ । उहाँले बागमती प्रदेशको स्थायी राजधानी काभ्रे बनाउनका लागि अधिकतम प्रयास समेत गर्नुभयो । लामाले २०७४ चैत्र १४ गते प्रदेशको स्थायी राजधानी काभ्रेमा बनाउन माग गर्दै प्रदेश सचिवालयमा प्रस्ताव दर्ता गराउनुभएको छ ।

बागमती प्रदेशसभामा जिल्लाको विकास र समृद्धिको बारेमा सशक्त आवाज उठाउँदै आउनुभएका लामा पटक–पटक मन्त्री बन्ने सुचीमा पर्दै आइरहनुभएको थियो । अन्ततः मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले २०७८ भाद्र २३ गते काभ्रेबाट निर्वाचित सांसद चन्द्र लामालाई भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी दिनुभएको थियो । ४९ दिनमात्रै मन्त्री बन्नुभएका लामाले आफ्नो छोटो कार्यकालमा हरेक वडामा पशुसेवा क्लिनिक, अनुदान वितरण प्रणाली पारदर्शी र व्यवस्थित बनाउनका लागि गर्नुभएको नाीतिगत निर्णएको आज पनि प्रसंशा हुनेगरेको छ । उक्त कार्यक्रम धेरै वडामा लागु भइसकेको छ । 

निर्वाचित भएको ५ वर्षको अवधिमा पनौती–दाहालटार सडक, दाप्चा सडक कालोपत्रे, खानीखोला गाउँपालिकाको तालढुंगा र रोशी गाउँपालिकामा अस्पताल निर्माण, पुल निर्माण, खानेपानी, शिक्षा, स्वास्थ्य, सिँचाईको क्षेत्रमा उल्लेख्य काम गर्नुभएको छ । यस्तै जिल्लाको विकट क्षेत्र खानीखोलाका हरेक वडालाई सडक सञ्जालसँग जोड्न लामाले खेल्नुभएको भूमिका उल्लेखनीय छ । अप्ठेरोमा परेकाहरुका लागि सदैव सहयोग गर्न रुचाउने चन्द्रको कारण धेरैले पुर्नजीवन प्राप्त गरेका छन् ।

छोटो समयमै उच्च राजनीतिक उचाई प्राप्त गर्न सफल काभ्रेली जनताका सारथी चन्द्र लामालाई नेकपा एमालेले प्रदेश सभा सदस्यको उम्मेदवारको रुपमा पुनः चुनावी मैदानमा उभ्याएको छ । लामालाई एमालेले उम्मेदवार बनाएसँगै उत्साहित भएका मतदाता समक्ष उहाँले आफ्ना आगामी योजना प्रस्तुत गरिरहनुभएको छ । जिल्लाको समृद्धि र विकासका लागि सुरु गरिएका दिर्घकालिन महत्व राख्ने बाँकी काम गरेरै छाड्ने उहाँको प्रतिवद्धता छ । स्वच्छ छवि, सबैलाई उत्तिकै माया र सम्मान गर्ने पहिचान बनाउनुभएका युवा नेता लामालाई काभ्रेली जनाताले विश्वासिलो र आशा लाग्दो नेतृत्वको रुपमा हेरेका छन् ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..