प्रभा मा.वि. व्यवस्थापन समितिको अध्यक्षमा गोकुल गौतम सर्वसम्मत चयन

 

काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–६ स्थित २०१० सालमा स्थापित काभ्रे कोशिपारी क्षेत्रकै अग्रणी शैक्षिक संस्था प्रभा माध्यमिक विद्यालयको अभिभावक भेलाबाट गोकुल गौतम विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ।

बिज्ञापन

नवनिर्वाचित अध्यक्ष गौतमले आगामी दिनमा प्रभा माध्यमिक विद्यालयलाई काभ्रे जिल्लाकै एक अग्रणी शैक्षिक हबका रूपमा विकास गर्न प्रतिबद्ध भएर लाग्ने बताउँदै विद्यालयको शैक्षिक गुणस्तर, पूर्वाधार विकास र समग्र प्रगतिका लागि सबै पक्षको साथ र सहयोग आवश्यक रहने उल्लेख गर्नुभयो।

उहाँले विद्यालयलाई थप उचाइमा पुर्‍याउन साझा सहकार्य, पारदर्शी नेतृत्व र दीर्घकालीन योजना आवश्यक रहेको बताउँदै सफल कार्यकालका लागि सबैको साथ अपेक्षा गर्नुभएको छ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारीमा सर्वसम्मत चयन भएपछि गौतमले आफूलाई विश्वास गरेर जिम्मेवारी प्रदान गर्ने सम्पूर्ण अभिभावक, शिक्षक, सरोकारवाला तथा स्थानीयवासीप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ।