

फागुन ३ गते
भक्तपुर/डेमोस स्कुल भक्तपुरले आफ्नो २५ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ ।
भक्तपुर -४, भुलांचास्थित डेमोस इङ्गलिस स्कूलले स्थापनाको २५ औँ वर्ष पूरा गरेको सुखद अवसरमा अभिभावक दिवस, पुरस्कार तथा तथा एस.ई.ई. २०८१ व्याचको बिदाइ कार्यक्रम एक भव्य समारोहका साथ सम्पन्न गरेको हाे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री ज्ञान बहादुर लामाको सभापतित्वमा सम्पन्न समारोहमा अध्यक्ष लामाले विद्यालय स्थापनाको संघर्षपूर्ण इतिहास र उद्देश्यबारे प्रकाश पार्नुभयो । कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहनुभएका प्रमुख अतिथि, पाठ्यक्रम विकास केन्द्रका पूर्व सह-सचिव दिनानाथ गौतमले विद्यालयसँगको आफ्नो पुरानो आत्मीय सम्बन्धको चर्चा गर्दै विद्यालयको प्रगतिको प्रशंसा गर्नुभयो ।


नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष श्री सञ्जय खड्काले बालबालिकाको सुनौलो भविष्य निर्माणमा अभिभावक र विद्यालयको सहकार्य अपरिहार्य रहेको विचार व्यक्त गर्नुभयो । समारोहमा बौद्धिक खुराक पस्कँदै इन्स्पिरेसनल किनोट स्पिकर तथा ग्लोबल ट्रेनर विकास देव योञ्जनले आधुनिक समयमा प्रविधिको बढ्दो प्रयोगसँगै बालबालिकालाई ‘साइबर क्राइम’ बाट सुरक्षित राख्न ‘चाइल्ड लक एप’ जस्ता सुरक्षा उपायहरू अपनाउन अभिभावकहरूलाई विशेष आग्रह गर्नुभयो ।
कार्यक्रममा नेशनल प्याब्सन भक्तपुरका उपाध्यक्ष रामप्रसाद खाताखो, श्रीराम सुवाल, मुकेश योन्जन, रेडियो नेपालका समाचार वाचक सूर्य मोक्तान, ग्रीन बुक्सका राजु महर्जन लगाएत विभिन्न शैक्षिक संस्थाहरूका प्रतिनिधिहरूको समुपस्थिति रहेको थियो ।
विद्यालयका प्रिन्सिपल विनोद लामाले विद्यालयको नामको गरिमा र यहाँका शैक्षिक गतिविधिहरूले समाजमा पारेको सकारात्मक प्रभावबारे प्रष्ट पार्नुभयो । विद्यार्थीहरूको कराँते, तेक्वान्दो, आकर्षक नृत्य र सुमधुर गायनले कार्यक्रमको माहोललाई थप संगीतमय बनाएको थियो । सोही अवसरमा स्पोर्ट्स मीट, हाजिरीजवाफ र कविता प्रतियोगिताका उत्कृष्ट विद्यार्थीहरूलाई मेडल र पुरस्कार प्रदान गरिनुका साथै ‘भक्तपुर स्पिकर सिजन–२’ मा तहल्का मच्चाउने नानीबाबुहरूलाई सम्मान समेत गरिएको थियो।
कार्यक्रमको अन्त्यमा स्कुलको कोअर्डिनेटर एवं कार्यक्रम सञ्चालिका विष्णुमाया लामाले कार्यक्रमलाई सभ्य र भव्य बनाउन सहयोग गर्ने सम्पूर्ण टिम, अभिभावक, शुभचिन्तक र अतिथिहरूलाई हार्दिक धन्यवाद र आभार प्रकट गर्दै कार्यक्रम समापन गर्नुभयो ।


