काभ्रेपलान्चोक – उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्थाले आफ्नै भवनबाट सेवा सुरुवात गरेको छ । प्रगति प्रभात स्कुल सँगै रहेको आफ्नो भवन बाट सेवा सुचारू गरेको हो ।

बनेपा-७ स्थित संस्थाको भवन शुक्रवार उद्धघाटन गरी सेवा शुभारम्भ गरेको हो । उद्घाटन कार्यक्रममा पूर्व उपसचिव हरि वशिष्ठ, युवा व्यवसायी विज्ञान राई, नुनम सुब्बाले संयुक्त रुपमा उद्धघाटन गर्नुभएको थियो ।

३२ सय शेयर सदस्य रहेको सहकारीमा ४ करोड ५० लाख शेयर पुँजी छ । ४५ करोड ऋण लगानी गरेको संस्थामा ४२ करोड बचत रहेको रिजालले जानकारी दिए । संस्थाको वासलास ६५ करोडको छ ।
२०६५ सालमा दर्ता भएर ४ बर्षअघि औपचारिक रुपमा कारोबार थालेको संस्थाले स्थापना दिवसको अवसर पारेर प्रत्येक बर्ष १० जना विद्यार्थीलाई छात्रवृती प्रदान गर्दै आएको छ । सहकारीले एकल महिलाको लागि विना धितो २ लाखसम्म सहुलियत कर्जा उपलव्ध गराउँदै आएको पनि अध्यक्ष मोहन गजुरेलले दिनुभयो ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….