काभ्रेपलान्चोक – इन्द्र शोभा युवा मिलन क्लबका अध्यक्ष नेपाली कांग्रेसका युवा नेता सामाजिक अभियान्ता हरि थापाले आर्थिक रुपमा विपन्न परिवारलाई नगदसहित खाद्यान्न सहयोग गर्नु भएको छ। आर्थिक रुपमा विपन्न अपांग बनेपा वडा नं. १४ चतुरे निवासी ललन तामाङलाई १८,१५० सहित खाद्यान्न वितरण गर्नु भएको थियो।


बनेपा नगरपालिका वडा नं. १४ को वडा अध्यक्ष टुल्कु लामाले उक्त आर्थिक रुपमा विपन्न परिवारलाई वडाको तर्फबाट ब्लाङ्केट प्रदान गर्नु भएको थियो । पछिल्लो समय समाजसेवि हरि थापाको सक्रियता निकै बढेको छ । दिनानुदिन उहाँले दुखी असाहय अशक्तहरुलाई आर्थिक सहयोग गर्दै आउनु भएको छ ।


बेलायतबाट नेपालमा पटक पटक सामाजिक अभियान अन्तर्गत आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरु लाई सहयोग गर्दै आउनु भएको माइला कान्छा मानवीय सहयोग समुहको तर्फबाट पार्बती गुरुङ, माया गुरुङले थापाले विशेष सहयोग गर्दै आउनु भैरहेको छ ।


आर्थिक रुपमा विपन्न अपांग बनेपा वडा नं. १४ चतुरे निवासी ललन तामाङलाई १८,१५० वडा अध्यक्ष टुल्कु तामाङले वडाको तर्फबाट ब्लाङ्केटको साथै चाउचाउ बिस्कुट प्रदान गरिएको थियो।

कार्यक्रममा बनेपा नगरपालिका वडा नं. १४ को वडा अध्यक्ष टुल्कु लामा, नेपाली कांग्रेसको युवा नेता, प्रतिनिधि सभा सदस्य जयराम थापा, नेपाली कांग्रेस बनेपा नगर सदस्य प्रमिला पाण्डे, निराजन थापा, इन्द्र शोभा युवा मिलन केन्द्रको उपाध्यक्ष राजकुमार थापा, अनु तामाङ लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहयोगी हातहरु लाई धन्यवाद दिदै अध्यक्ष टुल्कु लामाले आगामी दिन पनि यस्ता सहयोगका कार्यक्रमहरु ल्याउन अनुरोध गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..