काभ्रे–२ मा बेथानचोकबाट एमालेको घरदैलो अभियान सुरु

 

काभ्रे क्षेत्र नं. २ मा बेथानचोकबाट एमालेले घरदैलो अभियान सुरु गरेको छ । बेथानचोक गाउँपालिका वडा नंं ४ चलालमा स्थानीयसँग अन्तरक्रिया गर्दै अभियानको शुभारम्भ गरिएको हो ।

बिज्ञापन

चलालमा एमाले उम्मेदवार अशोक ब्याञ्जुलाई स्थानीयले भव्य स्वागत गरेका छन् । स्थानीयले बाढीपहिरोपछि क्षतविक्षत बनेको यो क्षेत्रको विकासमा पहल गर्न आग्रह गरेका छन् ।

बेथानचोक गाउँपालिकाका ५ वटा वडामा आज र भोलि घरदैलो अभियान सञ्चालन हुने एमाले काभ्रेका सचिव राजकुमार सापकोटाले जानकारी दिए ।