पनौती नगरपालिका वडा नं. ६ मा १ लाख लिटरको खानेपानीको ट्याङ्की बन्ने भएको छ । उक्त ट्याङ्कीको शिलान्यास आज नगर प्रमुख रामशरण भण्डारीले गरेका छन् । खानेपानी ट्याङ्कीको शिलान्यास गर्दै नगर प्रमुख भण्डारीले नगर भित्र रहेका नागरिकलाई क्रमिक रुपमा खानेपानी खुवाउने लक्ष्य नगरपालिकाको रहेको बताएका छन् । उनले नगरपालिकाले खानेपानी सरसफाइ तथा स्वच्छता योजना बनाउन लागेको बताउँदै सोही अनुरुप बजेट माग र विनियोजन गरि नगर भित्रका सबै नागरिकलाई व्यवस्थित अनि सुरक्षीत पानी पिलाउने धारणा राखे ।

ट्याङ्की निर्माण पश्चात् पनौती नगरपालिका वडा न ६ का बस्नेत टोल र नयाँ बस्तीका करिब २ सय घरधुरीले खानेपानी पिउन पाउने वडा अध्यक्ष भिम प्रसाद आचार्यले जानकारी दिए । साथै उनले अहिले प्रदेश सरकारले १० लाख रुपैयाँ विनियोजन गरेको छ तर लागत खर्च १९ लाख ४७ हजार ७ सय ७९ रुपैयाँ लाग्ने देखिएकोले पछि पुनः प्रदेशबाट बजेट आए त्यसलाईनै खर्च गर्ने र नआए वडा या नगर बाट बजेट व्यबस्थापन गरि सम्पन्न गर्ने बताए ।

सम्झौता रकम र विनियोजन रकममा रु. ७ लाख ६२ हजार रुपैयाँको फरक देखिन्छ । आयोजना सम्पन्न हुँदासम्म करिब १ लाख ८६ हजार रुपैयाँ जनश्रमदान गर्नुपर्नेछ ।

“बर्सौँ देखी राम्रोसंग पानी पिउन पाएका थिएनौं, अब ट्याङ्की बन्दै छ रे त्यसपछि धितमर्ने गरि पानी पिउन पाइन्छ कि” हर्षका साथ एक स्थानीयले बताए ।

ट्याङ्की निर्माणकाका लागि बागमती प्रदेश खानेपानी , उर्जा तथ सिंचाइ मन्त्रालयबाट रकम बिनियोजन भएको थियो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..