

कार्यक्रममा क्षेत्र ग का लागि निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष जेसीआई सिनेटर बिकेश लाल श्रेष्ठ, निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी अमन महर्जन, काठमाडौं बिश्व बिद्यालय स्कुल अफ मेडिकल साइन्सेजका प्रशासकीय अधिकृत प्रधुम्न श्रेष्ठ, धुलिखेल जेसीजका संस्थापक अध्यक्ष रोशन श्रेष्ठ, काभ्रे जेसीजका अध्यक्ष स्वरुप शाक्य, नेपाल उधोग बाणिज्य महासंघका केन्द्रिय सदस्य मञ्जु कुमार कोंजु लगायतले जेसीज बारे बोल्नु भएको थियो ।

त्यस्तै धुलिखेल जेसीज बर्ष २०२५ का अध्यक्ष आर्यन ब्याञ्जुले बर्ष २०२६ का अध्यक्ष सौरभ सिग्देललाई र जुनियर जेसीजका अध्यक्ष आदर्श माकजुले निमन यगोललाई सपथ ग्रहण गराउनु भएको थियो । प्रमुख अतिथि महेश दाहालले जेसीजले सुसंस्कृत युवाहरु आफनो ब्यक्तित्व र नेतृत्व विकास गरी समाज लाई सकारात्मक प्रभाव पार्छ र सामाजिक कार्यहरूबाट सामाजिक नेतृत्व स्थापित गराउन सफल हुने बताउनु भयो ।


बर्ष २०२६ का अध्यक्ष सौरभ सिग्देलले आफ्नो बार्षिक कार्य योजना कार्यक्रममा सुनाउनु भएको कार्यक्रममा धुलिखेल नगर पालिकाका कार्यवाहक नगर प्रमुख निराजन जंगमलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन मनिष श्रेष्ठ र सरस्वती रायमाझीले गर्नुभएको थियो ।


