भारत सरकारको सहयोगमा बनेका छ वटा सामुदायिक विद्यालयको भवन पुनःनिर्माण सम्पन्नपश्चात बुधबार हस्तान्तरण गरिएको हो ।
पूर्व, सञ्चार तथा सूचना प्रविधी मन्त्रि एंव काभ्रे निर्वाचन क्षेत्र नं २ का संघीय सांसद गोकुल बाँस्कोटा र भारतीय विदेश विभाग सहसचिव अनुराग श्रीवास्तवले संयुक्त रुपमा विद्यालय समुदायलाई हस्तान्तरण गरेका हुन् । 

सो कार्यक्रममा काभ्रे निर्वाचन क्षेत्र नं १ का संघीय सांसद गंगाबहादुर दोङ, बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिं वादेको उपस्थितीमा समुदायलाई हस्तान्तरण गरिएको हो ।

भारत सरकारको आर्थिक सहयोगमा जिल्लाको बनेपा नगरपालिकाको आजाद माध्यमिक विद्यालय, पनौती नगरपालिकाको शारदा माध्यमिक विद्यालय, चौंरीदेउराली गाउँपालिकाको खाँडादेवि माध्यमिक विद्यालय, पाँचखाल नगरपालिकाको दुग्धेश्वर माध्यमिक विद्यालय, आजाद माध्यमिक विद्यालय र भगवती माध्यमिक विद्यालयको पुनःनिर्माण सम्पन्न गरेर विद्यालय व्यवस्थापन समितीमार्फत समुदायलाई हस्तान्तरण गरिएको हो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..