काभ्रेपलान्चोक – महोत्तरी बर्दिवासमा जन्मिएका गायक प्रदिप कुमार ग्लान पछिल्लो समय गायन क्षेत्रमा निकै सक्रिय देखिन्छन् । लामो समय देखी गित संगित क्षेत्रमा लागेका ग्लानले बाल्यकाल स्कुले जिवन देखि नै गित गाउने गर्थे, आज भोलि गित संगित क्षेत्रमा उनको सक्रियता निकै बढेको छ । यहीँ कारणले गर्दा पनि होला उनले पछिल्लो समय सम्मान र अवार्डहरु हात पारिरहेका छन् । केही दिन अगाडि चलचित्र विकास बोर्डको हलमा भएको तेस्रो नाट्यश्वर म्युजिक अवार्डमा उनले बेष्ट लोक पप म्युजिक अवार्ड हात पारेका छन्। अवार्ड हात पारेपछि आफुलाई म्युजिक लाइनमा अझै केहि गर्ने जोस बढेको बताए । म्युजिक क्षेत्रमा लागेको लामो समयपछि उनले विभिन्न अवार्ड हात पार्दै छन् । उनी पदिप संगितका विद्यार्थी समेत हुन्।

उनले पछिल्लो समय ‘के लत लाग्यो मलाई’ का गायक तथा म्युजिसियन तिलक सिंह पेलासँग पाँच वर्ष म्युजिक क्लास लिएका छन् । सानै बाट गायनमा लागेका प्रदिपका प्रेरणाका स्रोत उनका पिता रहेका छन्। उनका पिता छेत्र बहादुर ग्लानले तीन दशक अघि रेडियो नेपाल बाट भ्वाइस टेष्टमा पास भएका थिए । पिताको त्यो लगाव र गायन सुन्दै आएका प्रदिपलाई पनि गायनमा लाग्ने सोच बनाएका थिए । आफ्नो लयलाई नै छोराले समालेपछि उनका पिता पनि खुसी देखिएका छन्।

छ वर्ष अघि प्रदिपले पहिलो एल्वमका रुपमा जर्नी अफ लभ श्रोता माझ लिएर आएका थिए । सोही एल्वममा समावेश डुब डुब बोलको गीत अहिले पनि चर्चामा छ । दुई दर्जन भन्दा बढि गीतमा आफ्नो स्वर भरेका प्रदिपलले एक दर्जन गीतमा आफैले संगीत भरेका छन् । बहुप्रतिभाका धनि प्रदिपले यस अघि तामाङ भाषाको गीतले उनलाई सिंगर २०१९ स्टार इन्टरनेशन प्राप्त गरेका थिए ।

त्यस्तै, बेष्ट मेल न्यु मेल सिंगर अवार्ड २०१९ ओएस म्युजिक अवार्ड, बेष्ट सिंगर मेल भर्सनमा तामाङ सेलो २०२० ज्याती फिल्मस् म्युजिक अवार्ड, बोस्टर इन्टेरटेन्मेन्ट अवार्डमा बोस्टर कला सम्मान – २०७८ को साथै अन्य धेरै सम्मान प्राप्त गरिसकेका छन्। उनी टप फाएप नोमिनेशमा पनि थुप्रै अवार्डमा परेका छन् । उनको चाहाना नेपाली गीत संगीतमा नै केहि गरौ भन्ने रहेको छ । उनी केहि समयपछि अर्को नयाँ गीत आफ्ना दर्शक तथा श्रोता माझ ल्याउने तयारीमा समेत रहेका छन्। प्रस्तुत छ अरबिन्द्र गौतमले उनै गायक प्रदिप कुमार ग्लानसँग गरेको कुराकानी 

 

० आज भोलि केमा ब्यस्त हुनुहुन्छ ?
आज भोलि म गित संगितमा नै व्यस्त छु । साथ साथै मेरा केही गित बाट अवार्डहरु हात परिरहेका छन् तिनै अवार्ड लिन कार्यक्रम तिर पनि गइरहेको छु । नयाँ गीत बजारमा ल्याउने तयारी गर्दै छु भिडियोको कामहरु हुदै छ । फिल्मको लागि पनि गीत तयार गर्दै छु । चाडैं मेरा नयाँ नयाँ गित बजारमा सार्वजनिक गर्ने तयारीमा छु ।

 

० नेपाली गित संगितमा लागेर धेरै अवार्ड हात पार्नु भयो कस्तो महसुस भैरहेको छ ?
हो, मैले धेरै अवार्ड हात पारेको छु । अहिलेसम्म ५ वडा अवार्ड जित्न सफल भए । मेरा धेरै गितहरु अन्य आयोजक अवार्डको नोमिनेशनमा परेका छन् । यसैमा म निकै खुशी पनि छु । संघर्ष गर्दै छु अझै धेरै मैले गर्नु छ । यसरी अवार्ड हात पर्दा एकदमै खुशी लाग्दो रहेछ । आफुले गरेको कामहरु बाट यसरी सम्मानित हुँदा धेरै खुशी लाग्दो रहेछ र अझै नयाँ नयाँ गित बजारमा सार्वजनिक गर्ने जोस जागर बढदो रहेछ ।

 

० अहिलेसम्म कति वटा गित बजारमा सार्वजनिक गर्नु भयो ?
मैले अहिले सम्म दुई दर्जन भन्दा बढी गित गाइसकेको छु । नयाँ नयाँ गित बजार ल्याउने तयारी गर्दै छु अब छिटै नै मेरा नयाँ गित बजारमा आउने छन् ।

 

० तपाई गीत संगीत प्रति कसरी आकर्षित हुनुभयो ?
मलाई सानो उमेर देखि नै गीत संगीत र कलामा रुचि थियो । मेरो पिता पनि यहीँ क्षेत्रमा भएको कारणले मलाई यस क्षेत्रमा लाग्न झनै सजिलो भयो । बिध्यार्थीकालमा गीत गाउने गर्थे यहीँ कारण म गीत संगीत संग नजिकिन पुगे ।

 

० संगीतमा लागेर के पाउनुभयो ?
के पाउनु भयो भन्दा पनि के चाहिँ पाउनु भएन भनेर सोध्नु होस न गित संगित बाट हरेक कुरा पाएको छु । आज म गित संगित क्षेत्रमा नै भएको कारण तपाईंले अन्तर्वार्ता लिदै हुनुहुन्छ । यो नै मेरो सफलता हो । यदि म यो क्षेत्रमा नभएको भए तपाईंले मलाई चिन्नु नै हुदैनथ्यो । सबैभन्दा ठुलो कुरो आत्मा सन्तुष्टि हो । धन अलि कम कमाइयो होला तर खुसी धेरै कमाएको छु । व्यक्तिगत रुपमा अनुहार धेरैले नचिनेका होलान् तर मेरो गित, मेरो स्वर देश तथा विदेशमा सुपरिचित भएको देख्न पाउँदा जुन आनन्द प्राप्त गर्दछु ।

 

० पूराना गीतहरु र अहिलेका नयाँ आधुनिक गीतहरुमा के फरक छ ?
पूराना र नयाँ गीतहरुमा धेरै फरक छ । पूराना गीतहरु हाम्रै गाउँ ठाउँ स्थानीय परिवेशका बन्थे आफ्नै स्थानीय शैली र मौलिक परम्परा झल्किन्थ्यो । अहिलेका गितहरुमा छाडा प्रवृत्तिका गीतहरु पनि आएका छन् । हुन त समय अनुसार दर्शक तथा स्रोताका आवश्यकता र रुचिमा पनि परिवर्तन आएको पाइन्छ । अहिलेका बजारमा आएका गीतमा शब्दको वजन छैन । हुन त सबैलाई एउटै खाले गीत मन पर्ने भए विविधता नै भेटिदैनथ्यो ।

 

० तपाईंले गाउनु भएको चर्चित गित कुन हो ? र कुन गितलाई दर्शक श्रोताले धेरै माया गरेका थिए ?
मैले धेरै गितहरु बजारमा सार्वजनिक गरिसकेको छु । बाच्नै नचाहेर पनि, बिर्सी सकेको एउटा कहानी, डान्स मस्ती, संगै गित गाउनु थियो, संसार हेर्ने आँखा, यसपालिको तिज, देउरालीको चौतारीमा , जुठो माया देखाएर, ढुक ढुक किन गर्छ, तिमी मेरो जीवन संगिनी, साउनको झरी, मेरो एउटै चाहाना, दशै नि आयो तिहार नि आयो, दशै आउँदा तिहा्र आउँदा, फागुनको महिना, नेपाली हामी नेपाली, मस्ती भरी जवानी, नाशा यो कस्तो नशा हो लगायतका मेरा गित बजारमा सर्वत्र छन् । यी मध्य धेरै गित लाई दर्शक श्रोताले अत्याधिक माया गर्दिनु भएको छ । त्यसमाथि पनि पहिलो भेट र डुब डुब बोलको गितले तहल्का नै पिटेको थियो ।

 

० एउटा गायक र कलाकारको बुझाइमा गीत संगीत के हो ?
जिन्दगीका भोगाइ, उतारचढाव, अन्तरआत्माको भावनालाई व्यक्त गर्न सबैभन्दा सुन्दर माध्यम नै गित संगित हो । तर पछिल्लो समय हेर्न हो भने त्यस्तो केही पनि देखिदैन । गित संगितमा छाडापन धेरै आएको छ । गित संगित भनेको समुदाय, समाज र राष्ट्रलाई परिचित गराउने र परिवर्तनको दिशा तर्फ लैजाने एउटा सशक्त माध्यम हो ।

 

० कस्तो गित गाउन रुचाउनु हुन्छ ?
प्राय सबै खाले गित गाउने गरेको छु । विशेष गरि आधुनिक, पप र लोक आधुनिक गीतहरु बढी गाउँछु । जुन गित गाउदा अनन्द आउँछ यस्ता गित धेरै गाउने गर्दछु ।

 

० आगामी योजनाहरू के छन ?
मैले खासै ठूलो आयोजना त बनाएको छैन । गीत संगीत क्षेत्रमा अझै राम्रो काम गर्दै जाने बाहेक खासै अरु ठुलो योजना छैन । मैले यो क्षेत्रमा केही गर्नु छ र गर्ने पनि छु त्यहीँ सोचका साथमा आएको हुँ ।

 

अन्तमा ?
अन्तमा मेरो गीतहरु लाई माया गर्दिनुहोला तपाईंहरु कै साथ सपोर्ट पाएर अहिले यो स्थान सम्म आएको छु । आगामी दिनहरुमा अझै धेरै गीतहरु ल्याउने छु । सुनेर साथ स्पोर्ट र कस्तो लाग्छ प्रतिकृया दिनु होला भन्न चाहान्छु । साथै तपाईं लगायत तपाईंको मिडियालाई मेरा मनका कुरा राख्ने मौका दिनुभएकोमा धन्यवाद ।

 

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..