
X
बिज्ञापन

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्। कात्तिक ९ गते युवा तथा खेलकुद मन्त्री नियुक्त भएका थिए।फागुन २१ को निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका बब्लुले राजीनामा बुझाएको बताए। गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सिराहाबाट उम्मेदवार बन्ने तयारी गरेका छन्।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सञ्चारमन्त्री जगदिश खरेललाई ललितपुर २ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनाउने तयारी गरेको छ। फागुन २१ को निर्वाचनका लागि मन्त्री खरेलले राजीनामा दिएपछि उनलाई ललितपुर २ बाट उम्मेदवार बनाउने तयारी भएको रास्वपा स्रोतले जनाएको छ।
मन्त्री खरेलले केहि दिन अघि आफू प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार हुन इच्छुक रहेको बताएपनि कुन पार्टीबाट भने खुलाएका थिएनन्।












