-जयराम बिडारी
जेठ २४ ,काठमाण्डौ
भाषा कला साहित्यको उन्नयनका लागि स्थापनाको छोटो समयमै उल्लेखनीय योगदान दिन सफल लोमश वाङ्मय प्रतिष्ठानद्वारा आयोजित वनभोज कार्यक्रममा कवि साहित्यकार दिल पौडेलको कविता सङ्ग्रह ‘मेरो देशको सेल्फी’ उपर विशद परिचर्चा गरिएको छ ।
प्रतिष्ठानद्वारा हरेक महिनाको चौंथो शनिवार नियमित रुपमा सञ्चालन गरिने रचना वाचनको कार्यक्रम अन्तर्गतको नवौं श्रृङ्खला तीन पिप्ले स्थित वर्डहिल फार्मस्टेमा साहित्यिक वनभोजको आयोजना गरी पाँच दर्जनजति साहित्यानुरागी हरुका बीच सुरम्य वातावरणमा सम्पन्न गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा आसिन प्रशिद्ध समालोचक ईश्वरचन्द्र ज्ञवालीले निजामती कर्मचारीका रुपमा क्रियाशील रहेका दिल पौडेलले कर्मचारीतन्त्र भन्दा माथी उठेर साहित्यिक क्षेत्रबाट प्रशासनिक जटिलता, भ्रष्टाचार तथा बेथितिका बिरुद्धमा सशक्त रुपमा कलम चलाएको बताएका छन् । मेरो देशको सेल्फी कविताकृति लगायत नौ कृति सार्वजानिक गरिसकेका प्रगतिवादी कवि दिल पौडेलको लेखन शैलीको प्रशंसा गर्दै ज्ञवालीले वैचारिक तथा भावनात्मक पक्षहरुलाई पनि समीक्षकले पर्गेल्न सक्नुपर्ने बताउँदै उनका रचनाले देशको वास्तविक परिदृश्यलाई समेत छर्लङ्ग पारेको बताए । कवितालाई कसरी सौन्दयीकरण गर्ने विशिष्टिकरण बनाउने अलंकार प्रतीक र बिम्ब को प्रयोगलाई सुन्दर रुपमा कसरी प्रयोग गर्ने उनका रचनामा शब्द तथा वाक्य गठन सामान्य देखिएपनि अर्थ असामान्य र प्रतीकात्मक रुपमा प्रयुक्त भएका पाइन्छन् भन्दै जे देखिन्छ त्यो असत्य र नदेखिएको कुरा सत्य पनि हुन सक्छन् भन्ने भावलाई प्रतिबिम्बित गरिएको पाइन्छन् ।
मन्दिरमा बजाएको घण्टी ट्वींग जो बजेको हुन्छ त्यसपछिको अनुधुलन हुने ध्वनिनै वास्तविक ध्वनि हुने जस्तै दिल पौडेलका कविताले झट्ट बुझ्दा सामान्य लाग्ने वाक्य गठन देखिएपनि तिनको अन्तर्य भने देश प्रेम,माटो संगको सामिप्यता अग्रगमनका स्वर र स्वतन्त्रताका पक्षपातीका रुपमा उनका सिर्जना अभिव्यक्त भएको पाइएको बताए । पौडेलका कवितामा भ्रष्टाचारको उछितो काढ्दै विकास प्रतिको चाह र धार्मिक आडम्बर प्रति तिखो व्यङ्ग्य अनि परिवर्तनको पक्षपाती रहेकोले समाजको निर्देशकका रुपमा प्रस्तुत भएको बताए ।
कार्यक्रममा लोमश वाङ्मय प्रतिष्ठाका अध्यक्ष माधव घिमिरे अटटले काठमाण्डौको कोलाहलपूर्ण वातावरणवाट केही पर आएर प्राकृतिक र सुरम्य वातावरणमा साहित्यकार हरुका बीच एकापसमा अझै सन्निकट हुँदै रचनात्मक कर्मलाई मलजल र गोडमेल गर्नका लागि पनि यस्ता साहित्यिक वनभोजको आयोजना गरिएको बताउँदै सहभागी साहित्यकारलाई न्याने स्वागत गरे ।
यसैगरी साहित्यकार दिल पैडेलले आफ्ना कृति मेरो देशको सेल्फी माथि विशद विवेचनाका लागि ईश्वरचन्द्र ज्ञवाली प्रति आभार व्यक्त गर्दै मुर्रा राँगा र कर्मचारीतन्त्र प्रति रोष व्यक्त गर्दै दुई कविता सुनाए । यसैक्रममा साहित्यकार कृष्णहरि भट्टले लोमश वाङ्मय प्रतिष्ठानले छोटो समयमै लामो दुरीको यात्रा गर्दै उल्लेखनीय कर्म गरेकोमा खुशी व्यक्त गरे । उनले आगामी दिनहरुमा साहित्यिक उन्नयनका गतिविधि फराकिलो राजमार्गमा अविचलित रुपमा अघि बढिरहने शुभकामना दिंदै कवि दिल पौडेलको परिचर्चा गरिएको कृति सफलताको शुभकामना व्यक्त गरे ।
उक्त कार्यक्रममा शम्भु गजुरेल,पार्वती भट्ट , अमर किर्तिमानी, रामप्रसाद सापकोटा सत्या अधिकारी, अनुप खनाल , रुबि सत्याल, खुश्बु रिजाल यमबहादुर जोती श्रीराम खाइजु, दीपक भेटुवाल दीपसागर,पार्वती घिमिरे पौडेल, जनार्दन अर्याल, डिबी पराजुली , केशव घिमिरे,
कमला घिमिरे सुनिल अधिकारी, निलाञ्जला भारद्वाज ,गङ्गा खतिवडा दिलकुमारी डङ्गोल लगायतले रचना वाचन गरेका थिए।
प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे अटलको अध्यक्षता प्रगतिशील साहित्यकार कृष्णहरि भट्ट,पर्यटन व्यवसायी तथा साहित्यकार रामप्रसाद सापकोटाको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमलाई मइण्ड प्लसका प्रवन्ध निर्देशक तथा प्रतिष्ठानका सचिव नवीन पल्लवद्वारा सहजीकरण गरिएको थियो ।