काठमाडौं – अबिराज  लकान्द्री र सुम्निमा राना बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण  ‘सुनिदेउ न’  म्युजिक सार्वजनिक भएको छ। यस गीतमा स्वर, शब्द र संगीतमा स्वयम् गायक अबिराज लकान्द्रीको रहेको छ।  गीतको अडियोको काम ‘क्लास एक्स’ मा गरिएको हो।

भिडियोमा आदेश गहतराज लगायत अन्य कलाकारहरुको समेत अभिनय रहेको छ।  प्रशान्त योगीले छायाँकन गरेको यस गीतको भिडियोलाई कृष्ण भण्डारीले  सम्पादन गरेका हुन्।  शान्ती तामाङ सहाएक निर्देशक रहेको यस गीतको भिडियोलाई बिराज खड्काको निर्देशनमा तयार पारिएको हो। भिडियो गायकको आफ्नै च्यानल ‘अबिराज’ मार्फत सार्वजनिक भएको हो। गायक  लकान्द्रीको यो डेब्यु म्युजिक भिडियो हो।

भिडियो लिंक: https://youtu.be/v_NqjHNiuz8?si=_ovjpRXO3UcNwmU5

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly