नेकपा एमालेबाट काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रेशम लामा त्यस क्षेत्रका जनताका लागि निकै लोकप्रिय नेता हुन । पूर्वमन्त्री लामा निकै सरल, सहज र सवैका लागि साझा ब्यक्तिका रुपमा काभ्रे १ मा चिनिनु हुन्छ । यसअघि पटक पटक अवसर पाएर पनि जिल्ला र क्षेत्रका लागि कुनै योगदान नगरी आफ्नो स्वार्थमा केन्द्रित रहेका ब्यक्ति नै पुनः उम्मेदवार बनेर आएपछि रेशमलाई जीत निकाल्न सहज बन्दै गएको अनुभुति काभ्रे १ का मतदातामा रहेको पाइन्छ ।
यो निर्वाचन हामीलाई जित्नका लागि र प्रतिपर्धीलाई हराउनका लागि मात्रै नभै जनादेश र परमादेश बीचको जनमत संग्रह भएको रेशम लामाको बुझाई छ । एमाले जहिले पनि जनताको आदेशलाई शिरोपर राख्ने पार्टी रहेको र जनतादेशले मात्रै नेपालको विकास, राष्ट्रियता नेपाली जनताको सार्वभौमिकतालाई अक्षुम्न राख्ने छ । विशेषत सामाजिक विकास, भौतिक विकास, स्वास्थ्य–शिक्षाका कुराहरु, बाटोघाटोको कुराहरु, त्यहाँको पर्यटन विकास, सडक सञ्जाल, खानेपानी, अस्पताल, विद्यालय सबैको बिकासमा एमाले लाग्दै आएको र बाँकी पुरा गर्न लाग्ने लामाको योजना रहेको छ ।
नेकपा एमालेले अघि सारेको घोषणापत्रमा र आफ्नो प्रतिवद्धता अनुसार काभ्रेका जनताको अत्यावश्यकीय आवश्यकतालाई मध्येनजर गरेर काम गर्ने, उत्पादनलाई बढी भन्दा बढी जोड दिएर आधुनिक कृषिमा फोकस हुँने तथा सडक सञ्जालका कुरालाई नयाँ ढंगले अगाडि लिएर जाने । पनौति, नमोबुद्ध, तेमाल बुद्ध सर्किटको अवधारणा अनुसार काम गर्ने । रोशीको खाद्यान्नजन्य विषयमा, स्थानीय जनताले नै उपभोग गर्ने गरी हामीले योजना बनाएका छौं । त्यहाँ तस्करहरुले हात पार्न नसकुन् भनेर, जडिबुटी, पर्यटन पदमार्ग, चिया कफिखेतीको कुरा होस, कागती खेती लगायत बैज्ञानिक कृषिलाई बढावा दिने कुराको अवधारणा ल्याएका छौं । जुन –जुन पालिकामा जे सम्भावना छ त्यही अनुसार हामी काम गर्नेछौं ।

काभ्रेको सबैभन्दा विकट मानिएको चौंरीदेउराली गाउँपालिकामा पर्यटन सम्भावना छ, हामीले त्यहाँ कफि खेती गर्ने योजना ल्याएका छौं । कुरा मात्रै होइन हामीले काम पनि सुरु गरिसकेका छौं । त्यहाँ गरेका योजनाका अरु पनि कामहरु अहिले जनताले निरन्तर उपभोग गरिरहनुभएको छ । हामी खोपासी तालढुंगा बाटोलाई विकट सम्झिएको महाभारत र थानिखोला गाउँपालिकालाई सदरमुकामसम्म सडक सञ्जाल जोड्ने कुरामा प्रतिवद्ध छौं । हरेक पालिकाका वडाहरूलाई शाखाबाटोको स्तरोन्नती गरेर कालोपत्रे गर्ने कुराहरु हाम्रो वृहत् योजनाभित्रै पर्दछ । हामीले पालिकामा नै सुविधासम्पन्न अस्पताल बनाउने योजना ल्याएका छौं । सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर तेमालको सन्दर्भमा घर–घरमा खानेपानी पुर्याउने हाम्रो नीति छ र त्यो सम्पन्न हुने चरणमा छ ।
यस्ता सम्भावित धेरै काम छन्, जस्तो पनौति नगरको ऐतिहासिक, पुरातात्विक महत्वको मन्दिर छ त्यसलाई विश्वसम्पदा सूचिमा सूचिकृत गरेर एउटा पर्यटनको आकर्षणको केन्द्र बनाउन सक्ने विकासको अवधारणाको रुपमा प्रस्तुत गरेका छौं । अझ भन्दा हामी हिमाल देखाएर गुन्द्रुक र ढिँडो खुवाएर पर्यटन भित्र्याएर नेपालको पहिचानलाई विश्वसामु चिनाउने लगायत नै ‘असल पुस्ताको निर्माण रेशम लामाको अभियान ’ हो । योसँग पहिचानको कुरा छ, विकासको कुरा छ, रोजगारीको कुरा छ । अब काभ्रे बनाउनका लागि महत्वपूर्ण पेशा व्यवसायका लागि डाक्टर, पाइलट, ईन्जिनियर मात्रै होइन । मुलुकलाई कुन दिशामा लाने भन्ने कुराको एउटा रोडम्याप तयार गर्न सक्ने जनशक्तिसमेत उत्पादन गर्नुपर्छ । त्यस तर्फ लाग्ने रेशम लामाको प्रतिवद्धता रहेको छ ।
त्यसैले एमालेले ७४ को निर्वाचन तथा स्थानीय चुनावका क्रममा गरेका प्रतिवद्धताहरुलाई पूर्णता दिन र एमालेले आरम्भ गरेको विकास निर्माण, तथा समृद्धिको अभियानलाई पूरा गर्न यो क्षेत्रमा एमालेले जित्नु आवश्यक रहेको छ । –नव क्षितिज साप्ताहिकबाट

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..