
काठमाण्डाै – उच्च अदालत पाटनले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई चुनावसम्बन्धी कुनै गतिविधि नगर्न अल्पकालीन अन्तरिम आदेश जारी छ ।

गोरखा जिल्ला फुटबल सङ्घका अमित खत्रीले दायर गरेको रिटमा आज न्यायाधीश कृपासुर कार्कीको एकल इजलासले एनफालाई उम्मेदवारी दर्ता बुझ्नेलगायत चुनावसम्बन्धी गतिविधि नगर्न आदेश दिएको हो ।
बिज्ञापन

खत्रीले गएको पुस २५ गते राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव, राखेपका अध्यक्ष, एन्फा, एन्फाका अध्यक्ष पङ्कज विक्रम नेम्वाङ र एन्फाका महासचिव किरण राईलाई विपक्षी बनाएर रिट दायर गर्नुभएको थियो ।


अदालतले दुवै पक्षलाई छलफलका लागि आउँदो माघ ६ गते उपस्थित हुन पेशी तोकेको छ ।
यसअघि एन्फाले आउँदो माघ २८ गतेका लागि अग्रिम चुनावको घोषणा गर्दै तालिका पनि सार्वजनिक गरेको थियो ।


