धुलिखेलमा आयोजित एक कार्यक्रममा लायन्स क्लब अफ बनेपाको पहलमा हार्ट क्लिनिक स्थापना तथा सञ्चालनमा सहयोगीदाताहरूलाई सम्मान गर्ने कार्यक्रममा नेपाल समाचारपत्रका सह सम्पादक भगवती तिमल्सिना लगायतका व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।

लायन्स क्लब अफ काभ्रे बनेपाको पहल र सक्रियतामा स्थापित बनेपा हार्ट क्लिनिक स्थापना तथा सञ्चालनमा सहयोग पु¥याएका व्यक्ति एवम् संघ सस्थाप्रति कृतज्ञता ज्ञापन गर्न आयोजित सम्मान कार्यक्रममा सहयोगीदाताहरूलाई धुलिखेलमा आयोजित एक कार्यक्रममा झण्डै एक सयलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले जनसहभागितामा हर्ट क्लिनिक खोलेर नेपालकै लागि नमूना काम गर्नुभएकोछ । जनसहभागिगता विना कुनैपनि काम गर्न सकिन्न । जब स्थानिय समुदाय, समाज, जनप्रतिनिधिको एकताले असम्भव काम पनि सम्भव हुन्छ । बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले भने जस्तै स्वास्थ्यलाई हेलचेक्राई नगरौं । उहाँले दिनुभएको सन्देशको पूर्णरुपमा पालना गरौं । उहाँले हालको सत्ता परिवर्तनलाई लक्षित गर्दै चलिराखेको मुटु फालेर अर्को मुटु हालेर पहिला भन्दा राम्रो चल्छ भन्नु मुख्र्याई हो भन्नुभयो । उहाँले राजनीतिमा पटक पटकको सत्ता परिवर्तनले बिकास सम्भव छैन । मेलमिलाप र इच्छा शक्तिकै कारण काम गर्न सकिन्छ भन्नुभयो ।

सोही अवसरमा हार्ट क्लिनिकका लागि आवश्यक उपकरण, जग्गा, उपलब्धीका लागि आर्थिक, भौतिक सहयोग गर्ने र जनचेतनाका लागि संचार माध्यमबाट सूचना संम्प्रेषण गर्ने सहयोगीदाताहरूलाई सम्मान पत्र प्रदान गर्नुभयो ।

बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले हार्ट क्लिनिक संचालनका लागि नगरपालिकाले १५ लाख आर्थिक सहयोग उपलब्ध गराउँनुका साथै सहकार्य गर्ने बताउँनुभयो ।
सोही अवसरमा मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीले मुटुरोग लाग्नै नदिन या लागिहाले तत्काल उपचार गर्ने विधि छ । त्यतिमात्र नभै मुटुरोग लाग्छ लाग्दैन, हर्टयाट्याक आउँछ आउँदैन पनि परिक्षण गरेर पत्ता लगाउन सकिन्छ । आफ्नो स्वास्थ्यको उपचारमा हेलचेक्राई नगरौ भन्नुभयो । डा.रेग्मीले हार्टयाट्याकबाट भएका व्यक्तिलाई बचाउँन तत्काल १ घण्टाभित्र उपचारको पहुँचमा पुर्याउँनुपर्छ । काभ्रेमा त्यो सम्भावना कम भएकाले हर्ट क्लव र लायन्सको सयुक्त प्रयासमा बनेपामै प्रत्येक हप्ता मुटुरोग विशेषज्ञले क्लिनिक संचालन गर्दै आएको र आमागी दिनमा अस्पतालकै मोडलमा विस्तार गर्ने योजना रहेको बताउनुभयो ।

सोही अवसरमा बरिष्ठ साहित्यकार मोहन दुवालले बनेपामा शुरु भएको हर्ट क्लिनिकलाई अस्पतालको रुपमा विस्तार गर्ने योजना सराहनिय भएको बताउँनुभयो । त्यसैगरी लायन्स डिष्ट्रिक ३२५ ए का डिष्ट्रिक गर्भनर सुनर्दशनधर प्रधानाङ्गले लायन्सले सक्दो सहयोग गर्ने बताउँनुभयो ।

सोही अवसरमा लायन्स डिष्ट्रिक ३२५ ए का पूर्व अध्यक्ष डा.शुशिला मल्लले विगतमा जस्तै आगामी दिनमा पनि साथ र सहयोग रहिरहने बताउँनुभयो । हार्ट क्निकका प्रोजेक्ट अध्यक्ष लायन रामराजा धौमडेलले बनेपा लायन्सले जस्तासुकै समस्यामा पनि आम नागरिकको स्वास्थ्य सेवा प्रदानका लागि जुट्दै आएको र भोलीका दिनमा पनि निरन्तरता दिने बताउँनुभयो । त्यसैगरि लायन्स बनेपा काभ्रेका अध्यक्ष सरिता पलाञ्चोके,काभ्रे बहुमुखी क्याम्पसका अध्यक्ष लम्बोदर कायस्थ, पूर्व राज्य मन्त्री तथा बागमती प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे, लायन्स बिधान जोशी लगायतका वक्ताले लायन्स अन्तर्राष्ट्रिय क्लवको भावना अनुरुप बनेपाले मानव सेवाका लागि काम गर्दै आएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..