
काठमाडौं । कुलमान घिसिङलाई उपसभापति बनाउनेगरी रास्वपा सभापति रवि लामिछानेसँग सहमति भएको छ । पटकपटकको छलफल पछि रास्वपा र कुलमानबीच सहमति जुटेको हो ।

उनी रास्वपाको उपसभापतिसहित दोस्रो वरीयताकाे नेता बन्ने भएका छन् ।
बिज्ञापन

कमलपोखरीस्थित रास्वपा नेता असिम साहको कार्यालयमा आज उनीहरुको वार्ता भएको हो । उनीहरूबीच अहिले सहमतिको ड्राफ्टमा हस्ताक्षर हुँदैछ ।


साथै, कुलमान घिसिङको टिमबाट समानुपातिकमा १८ जना समावेश हुने सहमति भएको छ ।
यसअघि पार्टी सभापति रवि र प्रधानमन्त्रीको उम्मेदवार बालेन हुनेगरी सहमति भएको थियो । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ ।


