
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पद बाँडेर मुलुक अगाडि बढ्न नसक्ने विगतको ३४ वर्षले देखाइसकेको भन्दै पार्टीमा परिवर्तन आवश्यक रहेको बताएका छन् ।

विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
बिज्ञापन

भण्डारीले ठूला दल मिलाएर सरकार बनाइए पनि अपेक्षित परिणाम नआएको उल्लेख गरे । प्रजातन्त्र जोगाउन गम्भीर आत्मसमीक्षा र परिवर्तन आवश्यक रहेको उनले बताए ।


उनले ठुला दलहरू मिलेर सरकार बनाए पनि नेताहरूलाई जोगाउन हेलिकप्टर चढाएर लगेर राख्नुपरेको बताए ।


