धुलिखेल–८ वडाल गाउँमा रहेको जनचेतना युवा समूहको २८ औं वार्षिक साधारण सभा तथा संस्थापक र पूर्वकार्य समिति सदस्यहरुलाई समान गरी मनाएको छ । संस्थाका अध्यक्ष रमेश प्रसाद न्यौपानेको सभापतित्व र जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमको प्रमुख अतिथ्यतामा शनिवार सम्पन्न भयो । समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि दिपक गौतमले शैक्षिक क्षेत्रको स्तरीय विकास सहित सामाजिक चेतनाको विकासले समाज रुपान्तण सम्भव हुने बताउनुभयो । भाषण कम काम बेसी गर्ने बेला आएको उल्येख गर्दै प्रमुख अतिथि गौतमले भन्नुभयो क्रमबद्ध योजना, नीति, कार्यक्रम अनुसार बजेटको सहि सदुपयोग गरेर स्थानीय सरकार संचालन गरिनु पर्ने धारणा राख्नु भयो । प्रमुख अतिथि गौतमले प्रचार ज्याद काम कम गरेर नागरिक झुल्याउन नहुने तर्क जिसस प्रमुख गौतमले राख्नु भयो । जिल्ला समन्वय समिति विकास अड्डा नभई अनुगमन गर्ने निकाय भएको हुदाँ सामुदायिक भवन निर्माण गर्न चाहे ४० प्रतिशत स्वंले बेहोरे ६० प्रतिशत जिल्ला समन्वय समितिले रकम दिएर भवन निर्माणमा सहयोग पु¥याउने कुरा जिसस प्रमुख गौतमले बताउनु भयो । गैसस महासंघ काभ्रे अध्यक्ष गंगा दोङले समाजिक चेतना अभियानमा जनचेतना युवा समूहले योगदान गरेकोले नै यहाँ सम्म आउन सकेको बताउँदै सामाजिक संस्थाले समाज विकासको सम्बहाक बन्न सक्ने कुरालाई स्थानीय सरकारले स्वीकार्न सक्नुपर्ने धारणा राख्नु भयो । नेपाल पत्रकार महासंघ काभ्रे अध्यक्ष बद्रीराम तिमल्सिनाले जनचेतना, चेतना र विकासको बहाक बनेको औल्याउँदै आगामी दिनमा यसले थप उचाई बनाउन शुभकामना दिनुभयो । जनचेतनाका अध्यक्ष रमेश प्रसाद न्यौपानेले धुलिखेल–८ बडाल गाउँको विकासको सारथी संस्था बन्नुमा यसमा आवद्ध सबै सदस्यहरुको भूमिका रहेको बताउनु भयो । १ सय ३७ आजीवन सदस्य रहेको संस्थामा संस्थापक अध्यक्ष उद्धव प्रसाद वडाल, पूर्व अध्यक्ष साधुराम वडाल, पूर्व उपाध्यक्ष द्वय अशोक केसी, दल वहादुर चौलागाई, संस्थापक दिलिपराज पराजुली, सुदर्सन बडाल, प्रदिप वडाल, कर्णवहादुर भुजेल, पूर्वकार्य समिति सदस्य, रामकृष्ण हुमागाइ, इश्वरी भुजेल, पूर्व उपाध्यक्ष नारायण वडाल, संस्थापक विक्रम चौलागाइ, देवीप्रसाद ढुङ्गाना, सामाजिक कार्यमा सहयोग पु¥याउने प्रमोद वडाल, संस्थापक गणेश वडाल त्यस्तै गरी धनवहादुर मिजार, बछलादेवी महिला विकास सकोस, कटुवा पाखा सामुदायिक वनउपभोक्ता समिति, संस्थाको पूर्व कार्य समिति सदस्य चोलावहादुर गौतम, देवकुमारी चौलागाई नानीराम धिताल लगाएत ३९ जना व्यक्तिहरुलाई सम्मान गरिएको थियो । संस्थाका सचिव नवराज वडालले प्रगति प्रतिवेदन र भावि कार्ययोजना, कोषाध्यक्ष नविन वडालले आ.व. ०७८/०७९ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रममा १ लाख ५९ हजार ८ सय ८८ रकमको लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका सचिव कपील कोइराला, सहसचिव सरोज अधिकारी लगाएतको अतिथ्यता रहेको कार्यक्रमको संचालन संस्थाको उपाध्यक्ष रमेश वडालले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..