निर्वाचन आचारसंहिता लागू गर्ने तयारीमा निर्वाचन आयोग

# निर्वाचन आचारसंहिता लागू गर्ने तयारीमा निर्वाचन आयोग
काभ्रे प्रेस
काभ्रे प्रेस || शुक्रबार, पुष १८, २०८२
निर्वाचन आचारसंहिता लागू गर्ने तयारीमा निर्वाचन आयोग

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ । मतदान हुनुभन्दा ५०/५२ दिन अगाडि निर्वाचन आचारसंहिता लागू गर्ने अभ्यास छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भनेका छन्, ‘गत निर्वाचनहरूमा आयोगले ५०/५२ दिन अगाडिदेखि निर्वाचन आचारसंहिता जारी गर्ने गरेको अभ्यास छ । त्यही अभ्यासलाई पच्छ्याउँदै आगामी दिनमा आयोगले आचारसंहिता लागू गर्ने मिति निर्धारण गरेर लागू गर्नेछ ।’

आयोगले आचारसंहिता पारित गरिसकेको छ । प्रवक्ता भट्टराईका अनुसार राजनीतिक दल र सरोकारवाला सबैको सुझाव लिए आचारसंहिता तयार पारिएको छ ।

बिज्ञापन

सूचना प्रविधिको प्रयोगको नियमन हुने विषय आचारसंहितामा छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट

छुटाउनु भयो र ! ?

up