काभ्रेपलान्चोक – पछिल्लो समयमा बनेपा नगरले बिकास निर्माणको काम लाई तिब्रता दिएको छ । बजेट छुट्टीएर काम भैरहेको योजना लाई नगर प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत लगायतको टोलिले अनुगमन गर्ने थालेको छ । काभ्रेको धार्मिक तथा ऐतिहासिक मन्दिर चण्डेश्वरीदेखि पर्यटकीय पदमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

बनेपा नगरपालिकाको गौरवको योजना अन्तर्गत वडा नं ५ को चण्डेश्वरी मन्दिरदेखि वडा नं ६ को गोसाईस्थान स्थित महादेव मन्दिर हुदै टावर सम्म पर्यटकीय पदमार्गको लागि नगरपालिका र पर्यटन मन्त्रालयको गरी पाँच करोड ३५ लाखमा १ हजार ६ सय सिढी निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

उक्त सिढिको निरिक्षण गर्दे नगर प्रमुख लक्ष्मी नरसिह बादेले समयमै काम सम्पन्न गर्न र गुणस्तरीय बनाउन निर्माण कम्पनीलाई निर्देशन दिनु भएको थियो । निरिक्षण कार्यक्रममा उप प्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत कबिराज उप्रेती, नेपाल पत्रकार महासघ काभ्रेका पुर्ब अध्यक्ष माेतिराम तिमल्सिना, वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारि, योजना अधकिृत शर्मिला बन्जाडे , ईन्जिनियर, चन्दन ह्ययजु , प्राबिधिक लगायको उपस्थितिम अवलोकन भएको थियो ।

सिढि ८ फिट चौडाई, सिढिको दायाँ बायाँ रेलङ्गि, साईड ड्रेन, पार्कङि, बगैंचा,सार्वजानकि शौचालय, पिकनिक स्पोर्ट को काम शुरु भएको छ । 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..