काठमाडौं नागार्जुनमा उत्पादित रायो सागमा भेटियो ९९ प्रतिशत विषादी

# काठमाडौं नागार्जुनमा उत्पादित रायो सागमा भेटियो ९९ प्रतिशत विषादी
काभ्रे प्रेस
काभ्रे प्रेस || आइतबार, पुष १३, २०८२
काठमाडौं नागार्जुनमा उत्पादित रायो सागमा भेटियो ९९ प्रतिशत विषादी

काठमाडौं उपत्यकामा उत्पादन हुने रायो सागमा उच्च मात्रामा विषादी भेटिएको छ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नागार्जुन नगरपालिकाका–६ र ७ (रामकोट) का ५ वटा तरकारी फार्ममा विषादी परीक्षण गरेको थियो ।

विभागले ५ वटा फार्मका साग र गोलभेँडा गरी १४ वटाको नमुना संकलन गरी मोबाइल खाद्य प्रयोगशाला भ्यानमा जीवनाशक विषादीको अवशेष परीक्षण गर्दा ४ वटा फार्मको रायो साग र गोलभेँडा मापदण्डभित्र रहे पनि एक फार्मको सागमा अत्यधिक मात्रामा विषादी रहेको पाइएको हो ।

बिज्ञापन

परीक्षण क्रममा सक्रिय कृषि तथा पशुपन्छी फार्ममा उत्पादित रायोको सागमा अर्गानोफस्फोरस वर्गको विषादी ९९.५२९ प्रतिशत भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस !
up