काभ्रेपलान्चोक – प्रभात बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

आज शनिबार बनेपा नगरपालिकाको सभा हलमा संस्थाको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा सहकारीका सेयर सदस्यहरूको उपस्थितिमा साधारणसभा सम्पन्न भएको थियो।

संस्थाका अध्यक्ष सागर नाथ कपालीको सभापतित्वमा कार्यक्रम सुरु भएको थियो । कार्यक्रममा सभाका सभा अध्यक्ष सागर नाथ कपालिले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष फिरोज शाक्यले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम संचालन संस्थाको सचीव सुमनचौ प्रधानले गर्नु भएको थियो ।

कार्यक्रमका अतिथि नवराज बजगाईले कार्यक्रममा बोल्दै भन्नुभयो सहकारीको भिडमा प्रभात बचत राम्रो सहकारी हो । राम्रो कारोबार र सामाजिक उत्तरदायित्व बहन गर्ने संस्था भएकोले हामी १५ औं वार्षिक साधारणसभा मनाउदै छौ ।

पछिल्लो समय धेरै सहकारीमा समस्या आइरहेको बेला बचतकर्ताले कुन सहकारी राम्रो हो भनेर बुझेर मात्रै बचत गर्न समेत अनुरोध गर्नु भएको थियो । नीति विधिमा चलेको प्रभात बचत जिल्लाकै उत्कृष्ट रहेको बताउदै सामाजिक उत्तरदायित्व अन्तरगत सहकारीले काभ्रेका विभिन्न ठाउँका रहेका बालबालिकालाई शिक्षा प्रदान गर्ने देखि लिएर खेलाडीहरु लाई ड्रेस खेलकुदको सामान वितरण गर्ने काम गरेको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष सागरनाथ कपालीले भन्नुभयो सहकारीमा सेयर सदस्य बन्नु अगाडि सहकारीको अबस्थाको जानकारी लिएर मात्र सदस्य बन्नुस् अनि मात्र कारोबार गर्ने बानि बसाल्नुस् काभ्रेमा धेरै वटा सहकारीले सेयर सदस्य डुबाएर भागेका छन्। संस्था सामाजिक कार्यमा लागि परेको उदाहरण दिदै अझै धेरै समाजसेवा तिर लाग्ने बताउनु भयो ।

 

उता लेखा समितीका संयोजक भरत दाहालले पेस गरेको लेखा समीतिको प्रतिबेदन र कोषाध्यक्ष बलराम मानन्धरले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन साधारण सभाबाट सर्वसम्मत रुपमा अनुमोदन गरेको छ । सहकारीमा झण्डै एक हजार जना सेयर सदस्य रहेका छन् ।

कार्यक्रममा एस. इ.इ परिक्षामा उत्कृष्ट अंक ल्याउने बालबालिका
लाई सम्मान पत्र सहित ब्याग प्रदान गरिएको थियो भने उत्कृष्ट बचत कर्ता, असल ऋणी व्यक्ति लाई सम्मान गरेको थियो । कार्यक्रममा संस्थाका संचालन समिति, लेखा समिति तथा उपसमिति, संस्थाका कर्मचारी, काभ्रेका कृयाशिल पत्रकार, सहकारीका अधिकाशं सदस्यको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..