बनेपा – राष्ट्रिय युवा संघ काभ्रेले आयोजना गरेको फुट्सल प्रतियोगितामा अनेरास्ववियु काभ्रेको टिम विजेता भएको छ । असार १ गतेबाट भएको प्रतियोगिता आज सम्पन भएको हो ।

धुखमी समूह धुलिखेलको टिम उपविजेता भएको छ । फूटसल प्रतियोगितामा विजेता र उपविजेता मात्र भएपनी बनेपा जुनियर समुहले टुर्नामेन्ट अफ इमर्जी घोषणा गरेको थियो । बेष्ट प्लेयरको उपाधी अनेरास्ववियु काभ्रेका मीनबहादुर श्रेष्ठलाई प्रदान गरेका छन । श्रेष्ठ अनेरास्ववियु काभ्रे टिमबाट किपर रहेका थिए ।

राष्ट्रिय युवा संघ फूटसल च्याम्पियनसीप प्रतियोगितामा ४७ टिमले भाग लिएका थिए । प्रतियोगिता समापन कार्यक्रममा नेकपा एमाले काभ्रेका अध्यक्ष अशोककुमार व्यन्जुले विजेताहरुलाइ प्रमाणपत्र, चेक, मेडल र ट्राफि वितरण गरेका थिए । विजेता टिमलाइ नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेको थियो । त्यसरी नै उपविजेतालाई नगद २५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरेको छ । त्यस्तै टुर्नामेन्ट अफ इमर्जी र बेस्ट प्लेयरलाइ नगद ५/ ५ हजारसहित मेडल र प्रमाणपत्र वितरण गरेको छ ।
राष्ट्रिय युवा संघ काभ्रेका अध्यक्ष इश्वरबल्लव सापकोटाको सभापतित्वमा भएको समापन कार्यक्रममा केन्द्रिय उपाध्यक्ष अमित लाम लगायतको सहभागी रहेको थियो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..