बज्र गुरुङको स्वरमा जापानी गीत ‘आइताकु नारु’ (भिडियोसहित)

|| शनिबार, पुष २४, २०७८
बज्र गुरुङको स्वरमा जापानी गीत ‘आइताकु नारु’ (भिडियोसहित)

लामो समयदेखि जापानमा बस्दै आउनुभएका नेपालका गायक बज्र गुरुङले गाउनु भएको जापानी गीत ‘आइताकु नारु’को सार्वजनिक भएको छ । दिपेश सिंहको सङ्गीत संयोजन रहेको गीतको भिडियो होटल र्‍याडिसनमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

भिडियो वरिष्ठ सङ्गीतज्ञ एवम् नाट्य कला प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजित बास्कोटाको प्रमुख आतिथ्यता तथा वरिष्ठ गायिका ज्ञानु राणा, जापानी नागरिक एवम् व्यबसायी यौची टाडा र मेग्मिको विशेष अतिथीमा सार्वजनिक गरिएको थियो ।

बिज्ञापन

वर्ल्डवाइड मिडिया नेटवर्कद्वारा आयोजना गरिएको कार्यक्रममा वरिष्ठ गायिका ज्ञानु राणालाई गीत सङ्गीतको क्षेत्रमा दिएको योगदानको कदर स्वरुप नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै गायक गुरुङले आफ्नो कर्मथलो जापान भए पनि जन्मभुमि नेपाललाई सदा सम्झिरहेको बताउनुभयो । गीत, सङ्गीत, कलाकै माध्यमबाट नेपाल तथा जापान बिचको दौत्य सम्बन्ध अझ प्रगाढ हुने विषयमा गायक बिश्वस्त हुनुहुन्छ । ईतिहासमै कुनै विदेशीले जापानीज भाषामा गीत रचना गरी सङ्गीतबद्ध गरेर गाएको सम्भवत यो पहिलो रहेको कुरा गायक गुरुङले बताउनुभएको थियो ।

वरिष्ठ सङ्गीतज्ञ बास्कोटाले संसारका धेरै देश पुगिसकेको तर जापान पुग्न बाँकी रहेको बताउँदै त्यहाँको सङ्गीतमा अलग्गै मिठास रहेको विचार राख्नुभयो ।

सम्मानित व्यक्तित्व गायिका राणाले आफूलाई यस्तो महत्वपूर्ण कार्यक्रममा सम्मान गरेकोमा आयोजक तथा गायकप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

वल्र्डवाईड मिडिया नेटवर्कका प्रमुख एवम् गायक रामकृष्ण श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको समापन उक्त गीतको रेकर्डष्टि तथा सङ्गीतकार सुरेन्द्र श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी विना श्रेष्ठले गर्नुभएको थियो ।

गायक गुरुङकै रचना र सङ्गीत रहेको यस जापानी गीतको छायाँकन भने नेपालकै रमणीय स्थलहरूमा गरिएको छ । गीतको भिडियोमा नायिका नम्रता सापकोटाको साथमा मोडल विकेश तण्डुकार तथा गायक गुरुङको अभिनय छ ।
भिडियोमा माधव वेल्वासेको सम्पादन, निशिला शाक्यको कोरियोग्राफी र अमृत सुनवारको छायाँकन तथा निर्देशन छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
हाम्रो बारेमा

यो वेवसाइट Kavrepress.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क स्थान

सम्पर्क
काभ्रे प्रेस डट कम (KavrePress.com )
९८०३१२३१७६
९८६०८९७९८७
[email protected]
बनेपा नगरपालिका – ९ नयाँबस्ती , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. :२८००/०७८-७९
पान नं. : १०८१७८२२७

हाम्रो टिम

प्रकाशक / प्रधान सम्पादक

अरबिन्द्र गौतम

सल्लाहकार तथा संरक्षक

नवराज बजगाईं

सम्पादक:- सागर घिमिरे

संवाददाता :- दिनेश भण्डारी

संवाददाता : रामेन्द्र गौतम